स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन

‘स्मार्ट’ पूर्वाधार विकास एक महत्वपूर्ण नवीनतम अवधारणा हो, जसले मुलुकको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विकासको यो अवधारणाले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार र व्यवस्थापनलाई समेत समेट्छ । यसले मुलुकको आधारभूत सुविधाहरूमा सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधि प्रवर्धन गर्ने उद्देश्य राख्दछ ।

None
  • स्मार्ट  पूर्वाधार विकासका काममा सरोकारवाला निकायबिच समन्वय आवश्यक छ– चिरीबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका
  • पूर्वाधार र विकास निर्माणमा सम्बन्धित निकायबिच समन्वय हुन र एकीकृत ढङ्गले अगाडि बढ्न आवश्यक छ– केशवकुमार शर्मा, सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय 
  • बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दा पनि सेवा विस्तार व्यापक रूपमा भएको छ– सुवास शर्मा, प्रमुख कार्यकारी अधिकृत, एफवान सफ्ट
  • निजी क्षेत्रलाई अगाडि बढ्नका लागि खुला नीति हुन आवश्यक छ– सुमन जोशी, प्रमुख कार्यकारिणी सदस्य, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) 

‘स्मार्ट’ पूर्वाधार विकास एक महत्वपूर्ण नवीनतम अवधारणा हो, जसले मुलुकको समग्र आर्थिक, सामाजिक  र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विकासको यो अवधारणाले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार र व्यवस्थापनलाई समेत समेट्छ । यसले मुलुकको आधारभूत सुविधाहरूमा सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधि प्रवर्धन गर्ने उद्देश्य राख्दछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार इन्टरनेट र डिजिटलाइजेसनको अहिलेको युगमा ‘स्मार्ट’ पूर्वाधार भनेको सडक, सुरुङमार्ग र पुलहरू सबै डिजिटल प्रणालीबाट स्वचालित किसिमले सञ्चालन हुनु हो । पूर्वाधारका यी क्षेत्रमा अहिले मानिसले सम्पादन गर्ने कार्य डिजिटल प्रणालीबाट सञ्चालन हुनु र अब पूर्वाधार क्षेत्र ‘मेनुअली’ नभई प्रविधिमार्फत सञ्चालन हुनु नै ‘स्मार्ट’ पूर्वाधार रहेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “अहिले स्मार्ट पूर्वाधार अवधारणा अन्तर्गत भेहिकल टु भेहिकल, भेहिकल टु युजर, भेहिकल टु डिभाइस पर्दछ । स्मार्ट सडक पूर्वाधार र यातायात अन्तर्गत अब यात्रुले सहचालकलाई भाडाबापत नगद भुक्तानी गरिरहनु पर्दैन । कार्ड बनाएर त्यसमार्फत भाडा तिर्न सकिन्छ ।”

VIEW DETAIL