गोरखापत्रको मुद्रण गिद्धे–वेब यात्रा

नेपाली छापाखानाको इतिहास केलाउँदा १९०८ सम्म पुग्नु पर्छ । १९०८ सालमा पहिलोपल्ट स्थापना भएको छापाखानालाई ‘गिद्धे प्रेस’ नामले चिनिन्छ

None

नेपाली छापाखानाको इतिहास केलाउँदा १९०८ सम्म पुग्नु पर्छ । १९०८ सालमा पहिलोपल्ट स्थापना भएको छापाखानालाई ‘गिद्धे प्रेस’ नामले चिनिन्छ  । प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट १९०८ सालमा फर्कदा ल्याएको हाते छापाखानाबाट नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सुरु भएको पाइन्छ । त्यसपछि सरकारी र निजी छापाखानाको स्थापना हुँदै इतिहास छ  । 

नेपालमा प्रेस भित्रिएको ५० वर्षपछि विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन सुरु भएको गोरखापत्र नेपालको पहिलो समाचारपत्र हो । प्रकाशनको १२६ बर्से यात्रामा रहेको गोरखापत्रले लेटर प्रेस, अफसेट प्रेस, डिजिटल प्रविधि र रङ्गीन छपाइ प्रविधिमा गरेको सुधार उल्लेखनीय छ  । 

नेपाली मुद्रणमा गोरखापत्रले विभिन्न आयाम भित्र्याएको छ  । लेटर प्रेसबाट मुद्रण सुरु गरेको गोरखापत्रले अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको प्रवेश र रङ्गीन छपाइ प्रविधिसम्मको यात्रा तय गरेको छ । छापाखाना भित्रिएको समयमा राणा–परिवार र दरबारका गुरुबाहेक सर्वसाधारणको छापाखाना थिएन  । छापाखानामा सरकारी इस्तिहार, लिफा, टिकट आदि सरकारी कागजपत्र छपाउँदा पनि प्राइम्मिनिस्टरको सनद अनिवार्य हुन्थ्यो । 

नेपाली छापाखानाको इतिहास केलाउँदा १९५० सालसम्म फाटफुट रूपमा दुई–तीन प्रेस भित्रिएको पाइन्छ । मनोरञ्जन प्रेस, नारायणहिटी छापाखाना, जङ्गी लिथोग्राफी छापाखाना आदि प्रारम्भिक संस्थाले मुद्रण कार्यलाई अघि बढाएको पाइन्छ ।

https://gorkhapatraonline.com/news/204988