गोरखापत्र लोकतान्त्रिक मूल्यको पहरेदार बनिरहोस् : राष्ट्रपति पौडेल

गोरखापत्र लोकतान्त्रिक मूल्यको पहरेदार बनिरहोस् : राष्ट्रपति पौडेल

None

काठमाडौं, वैशाख २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् भन्नुभएको छ । 

गोरखापत्र १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘राष्ट्र निर्माणको यात्रामा सत्य, तथ्य र निष्पक्ष सूचनाको भूमिका अपरिहार्य हुन्छ। गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् । शिक्षा, स्वास्थ्य, आर्थिक न्याय र सुशासनको जगमा समृद्ध नेपाल निर्माण गर्ने साझा राष्ट्रिय सङ्कल्पमा यस संस्थानको कलम अझ सशक्त ढङ्गले अगाडि बढोस् भन्ने कामना गर्दछु ।’’ 

राष्ट्रपतिको शुभकामना पूर्ण पाठ