वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४
सुधारवादी शासकको रुपमा चिनिएका श्री ३ देवशम्शेरले प्रकाशन प्रारम्भ गरेको "गोर्खापत्र" साप्ताहिकको रुपमा पहिलो पटक वि. सं. १९५८ सालको वैशाख २४ गते प्रकाशित भएपछि नेपाली पत्रकारिताको जग बस्न पुग्यो । त्यसो त वि. सं. १९५५ मा प्रकाशित भनिएको "सुधासागर" लाई आधार मान्ने हो भने पनि साहित्यिक पत्रिकाको रुपमा निस्किएको सुधासागरभन्दा तीन वर्ष कान्छो भए पनि गोर्खापत्र पत्रकारिता जगतमा नेपालमा पहिलोको रुपमै दरिन पुगेको छ ।
वि. संं १९५८ बाट थालिएको यात्राले एक शताब्दीको आयु कटाइसकेको गोरखापत्रले विभिन्न आरोह-अवरोह खेप्दै ११७ वर्षदेखि अनवरत रुपमा प्रकाशन हुँदै आएको छ ।
१ प्रकाशन आरम्भ क) वि. सं. १९५८ वैशाख २४ (साप्ताहिक रुपमा) साोमवार
ख) वि. सं. १९९१ वैशाख ९ देखि प्रत्येक हप्ताको शुक्रवार प्रकाशित
२ पहिलो तस्बिर -वि. सं. १९८४ वैंशाख १३ गते वीरगंजकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्धारा धागो काटिरहेको ति ?
३ पहिलो विशेषाङ्क -वि. सं. १९९८ भदौ १७ उदयाङ्क
४ अर्ध साप्ताहिकको आरम्भ -वि. सं. २००० असोज २९ गते सातामा मंगलवार र शुक्रवार गरी दुईपटक प्रकाशन
५ सातामा तीन पटक प्रकाशन -आरम्भ वि. संं २००३ साल पुस ८ गतेदेखि सातामा तीनपटक
६ दैनिक प्रकाशन आरम्भ -२०१७ फागुन ७ गतेबाट ।
७ शनिवारिय परिशिष्टाङ्कको थालनी -वि. सं. २०१९ असार ९ गतेदेखि ।
८ सायकालीन प्रकाशन आरम्भ -वि. सं. २०१९ कात्तिक २ गतेदेखि २०२२ असोज २२ गतेसम्म विहान र साँझ दिनमा दुईपटक प्रकाशन ।
९ रमाइलो शुक्रवार प्रकाशन आरम्भ -वि. संं २०४५ भदौ महिनादेखि चारपेजी अतिरिक्त अंक प्रकाशन ।
१० शताब्दी प्रवेश -वि. संं २०५७ सालको वैशाख २४ गतेको प्रकाशनसँगै एकसय वर्ष प्रवेश ।
११ दुई संस्करण प्रकाशन
१२ स्टप दि प्रेस -पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको समाचार ।
गोरखापत्र सम्पादक
१ वि. सं. १९५८ वैशाख १ दी ११ रोज २ मा "गोर्खापत्र"को प्रकाशन निमित्त व्यवस्था गर्ने सनदको निर्माण भएसँगै वि. सं. १९५८ वैशाख २४ मा गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन भदौ त्यतिबेला यसको तालुकवालको रुपमा पं. नरदेव पाण्डेय रहनु भयो ।
२ व्यवस्थापकि भूमिका रहने दोस्रो तालुकवालको रुपमा वि. सं. १९६० भदौ २२ गतेबाट भाषासाधक जयपृथ्वीबहादुर सिंहलाई तोकियो ।
३ सम्पादकको नाम उल्लेख- वि. सं. १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलोपटक "सम्पादक प्रेमराज" भनी छापिन थाल्यो
४ पहिलो प्रधान सम्पादक- वि. सं. २०१२ भदौ ३० गते देखि २०१४ असोज २३ गतेसम्म बालकृष्ण समको प्रधान सम्पादकको रुपमा उल्लेख छ ।
५ दोस्रो प्रधान सम्पादक वि. सं. २०१४ साल असोज २९ गतेदेखि २०१५ जेठ २० गतेसम्म टेकबहादुर खत्री (जो साहित्यमा टेकबहादुर नवीन को रुपमा पनि चिनिनुहुन्छ) को नाम प्रकाशित भएको छ ।