गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विजय भुर्तेललाई गोरखापत्र संस्थान सञ्चालक सदस्यमा नियुक्त गरेको छ । उपसचिव भुर्तेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वयन शाखामा कार्यरत हुनुहुन्छ ।
मन्त्रालयका शाखा अधिकृत सावित्रा देवकोटा पौडेलका अनुसार अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थान ऐनबमोजिम भुर्तेललाई सञ्चालक सदस्य तोकिएको हो । गएको चैत १३ गतेको सचिवस्तरको निर्णयले भुर्तेललाई सञ्चालक सदस्य तोकिएको मन्त्रालयले
जनाएको छ ।