प्रबन्ध सम्पादकमा लम्साल
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ५ गते
गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन ‘दी राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा रमेश लम्साल नियुक्त हुनुभएको छ । संस्थानले २०८२ भदौ ५ गते बिहीबारबाट लागु हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो ।
लम्साल २०५५ सालमा सहायक सम्पादकमा
‘दी राइजिङ नेपाल’ मा प्रवेश गर्नुभएको थियो । उहाँले करिब एक दशकभन्दा बढी समय अर्थसम्बन्धी समाचार सङ्कलन र सम्पादन गर्नुभयो । त्यसका साथै लम्सालले दैनिकको साप्ताहिक परिशिष्ट ‘फ्राइडे सप्लिमेन्ट’ संयोजनको जिम्मेवारी समाल्नुभएको थियो । २०७६ सालदेखि पाण्डुलिपि सम्पादन विभागको नेतृत्व गर्दै आउनुभएका लम्साल प्रमुख समाचारदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । खोटाङमा जन्मनुभएका लम्सालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।