गोरखापत्रको निमित्त प्रधान सम्पादकमा बस्नेत
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ६ गते
गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा जुनारबाबु बस्नेत नियुक्त हुनुभएको छ । गोरखापत्र संस्थान व्यवस्थापनले तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय बस्नेतलाई नेतृत्व प्रदान गरेको हो । विसं २०५० मा उपसम्पादकको जिम्मेवारीमा गोरखापत्र प्रवेश गर्नुभएका नवनियुक्त प्रधान सम्पादक बस्नेत हाल दसौँ तहको कार्यकारी
सम्पादकमा कार्यरत हुनुहुन्थ्यो । उहाँले गोरखापत्र दैनिकको निमित्त प्रबन्ध सम्पादक र गोरखापत्रको सहप्रकाशन मासिक बालपत्रिका मुनाको सम्पादक भएर काम गरिसक्नुभएको छ । संस्थान व्यवस्थापनको २०८२ जेठ ६ गतेको
निर्णय अनुसार २०८२ जेठ ७ गतेदेखि लागु हुने गरी नेपाली पत्रकारिता नेपाली समूहको १० तहका कार्यकारी सम्पादक बस्नेतलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिइएको नियुक्तिपत्रमा उल्लेख गरिएको छ । सोलुखुम्बु जिल्लाको
साबिक नेले–५ मा जन्मनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा दर्शनाचार्य (एमफिल) अध्ययनका साथै पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, भारतको इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन (आइआइएमसी), नयाँ दिल्लीबाट आमसञ्चारमा डिप्लोमा हासिल गर्नुभएको छ । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकका साथै अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ ।
नवनियुक्त प्रधान सम्पादक बस्नेत अर्थनीति तथा विकास पत्रकारितामा दखल राख्नुहुन्छ । उहाँसँग त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराएको अनुभव छ । उहाँले नेपाल प्रेस इन्स्टिच्युट, नेपाल प्रेस युनियन, नेपाल पत्रकार सहासङ्घ, मिडिया प्वाइन्टलगायत संस्थामा प्रशिक्षकका रूपमा योगदान गर्नुभएको छ । सम्पादक समाज नेपालका उपाध्यक्ष बस्नेत नेपाल प्रेस युनियनको केन्द्रीय कोषाध्यक्ष पनि हुनुभएको थियो ।
पत्रकारितामा प्रवेश गर्नुअघि विद्यार्थी राजनीतिमा सव्रिmय बस्नेत प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा अग्रसर रहनुभयो । विसं २०४५–४६ को आन्दोलनमा उहाँले चार महिना बन्दी जीवन बिताउनुभएको थियो । उहाँले भारत, अमेरिका, चीन, जापानलगायतका मुलुकमा गई अध्ययन, भ्रमण र तालिम लिनुभएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्राज्ञिक क्षमता, दक्षता र पत्रकारितामा लामो समयसम्म अभ्यासरत वरिष्ठ पत्रकार बस्नेत निमित्त प्रधान सम्पादक नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले पत्रकारिताको शिक्षण एवं अध्यापनमा पनि लामो अनुभव प्राप्त निमित्त प्रधान सम्पादक बस्नेतको कार्यकालमा गोरखापत्रले अझ व्यावसायिक उचाइ हासिल गर्ने विश्वास व्यक्त पनि व्यक्त गर्नुभयो । महाप्रबन्धक लालबहादुर ऐरीले निमित्त प्रधान सम्पादक बस्नेतको नियुक्ति नियमित, विधिसम्मत र प्रचलित अभ्यास अनुसारै गरिएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निमित्त प्रधान सम्पादक बस्नेत प्राज्ञिक एवं अनुभवबाट खारिनुभएको पत्रकार हुनुहुन्छ । उहाँको नियुक्ति गोरखापत्रको गौरवमय इतिहासलाई अघि बढाउन महìवपूर्ण हुने विश्वास लिएको छु ।”
नवनियुक्त निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र दैनिकको गौरवमय आयाम रहेको बताउनु हुँदै त्यो गौरवलाई कायम राखेर अझ पठनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भट्टराईको बिदाइ
सेवा निवृत्त हुनुभएका गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईलाई मङ्गलबार संस्थानमा आयोजित कार्यव्रmमबिच बिदाइ गरिएको छ । गोरखापत्र संस्थानमा ३२ वर्ष तीन महिना पाँच दिन सेवा गरेर उहाँ सेवा निवृत्त हुनुभएको हो ।
उहाँलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष, महाप्रबन्धकलगायत संस्थानका कर्मचारी तथा पत्रकारहरूले भावी जीवनको सुखद यात्राको कामना गर्दै बिदाइ गर्नुभयो । आफ्ना कार्यकालका दिन स्मरण गर्दै निमित्त प्रधान सम्पादक भट्टराईले गोरखापत्र दैनिक र संस्थानलाई एउटा प्रणालीमा बाँधेर अघि बढाउने चाहनाका साथ काम गरेको बताउनुभयो ।