गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थान केन्द्रीय समितिले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गर्ने भएको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले उत्पादन विभागका निमित्त प्रमुख प्रबन्धक मुकुन्द्रप्रसाद चिमौरिया, वरिष्ठ सहायक सविता बस्नेत तथा वितरक मदन रानालाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष विष्णुप्रसाद खनाललाई पुनर्बहाली गर्ने निर्णयको नेपाल प्रेस सेन्टर गोरखापत्र संस्थान तथा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले स्वागत गरेका छन् ।
२०७७ भदौमा निलम्बनमा पर्नुभएका खनाललाई बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको थियो ।