गोरखापत्र समाचारदाता
काठमाडौं, फागुन १२ गते
गोरखापत्र संस्थानले आफ्नो दोस्रो ‘गोरखापत्र डिजिटल डे’ मनाएको छ । विसं २०५३ फागुन १२ गते ‘दी राइजिङ नेपाल’ को सामग्री वेबसाइटमा राखिएको दिनलाई मानेर गत वर्षदेखि ‘गोरखापत्र डिजिटल डे’ मनाउन थालिएको हो ।
त्यस अवसरमा शनिबार यहाँ आयोजित विशेष कार्यव्रmमलाई सम्बोधन गर्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मिडियामा अबको प्रतिस्पर्धा सूचनाका लागि नभएर विषयवस्तुमा केन्द्रित हुने र त्यो अहिलेको चुनौती पनि हो भन्नुभयो । गोरखापत्रले डिजिटल यात्रालाई प्रभावकारी बनाउन ‘गोरखापत्र डिजिटल डे’ मनाउन थालिएको उहाँको भनाइ थियो ।
“गोरखापत्रको छापा माध्यममा सीमित व्यक्तिको पहुँच रहेको तर डिजिटलमा व्यापक छौँ । हाम्रो भविष्य पनि डिजिटलमै जोडिएको छ” । उहाँले भन्नुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रलाई युग सुहाउँदो बनाउने अभियानका रूपमा डिजिटल प्लेटफर्मलाई स्वतन्त्र बनाउने तयारीका रूपमा ‘गोरखापत्र डिजिटल डे’ मनाउन थालिएको बताउनुभयो । यस प्रकारको कार्यव्रmमले संस्थानका लागि नयाँ इँटा थप्ने काम गर्ने उहाँको भनाइ थियो ।
प्रविधिको विकासले गोरखापत्रको पहुँचलाई देश र विदेशका कुना कुनासम्म पु¥याएको चर्चा गर्दै उहाँले गोरखापत्र संस्थानको समाचार कक्षलाई ‘इन्टिग्रेटेड’ बनाउने बताउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र दैनिकमा गरेको कामलाई देखाउन पनि गोरखापत्र अनलाइनको मेहनत आवश्यक रहेको बताउनुभयो । संसारभर डिजिटल प्लेटफर्ममा देखाउन सकिने भएकाले अनलाइनले थप मेहनत गनुपर्ने उहाँको भनाइ थियो ।
गोरखापत्रका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्रलाई समय सान्दर्भिक बनाउन गोरखापत्रको अनलाइनको सानो समूहले राम्रो काम गरेको बताउनुभयो । कार्यव्रmमका अध्यक्ष एवं गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतमले गोरखापत्रको डिजिटल समूह विश्वका हरेक कुनामा बस्ने नेपालीका हातहातमा समाचारको पहुँच पु¥याउन सक्षम भएको उल्लेख गर्नुभयो । अहिलेको उपलब्धि व्यवस्थापनको सुझाव र सहयोग प्राप्त भएको उहाँको भनाइ थियो ।
त्यस अवसरमा रविराज बरालले ‘कन्टेन्ट एनालाइसिस’, केपी ढुङ्गानाले ‘डिजिटल कन्टेन्ट राइटिङ’ र रजनिश भण्डारीले ‘सोसल मिडिया ह्यान्डलिङ’ शीर्षकमा आआफ्नो प्रस्तुति गर्नुभयो ।