national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/Gopa Logo color_qsg38xx_kn7ckss.png

महत्त्वपूर्ण सूचना

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

‘संस्थानलाई आत्मनिर्भर बनाउन योजना बनाएर लाग्ने छु’

गोरखापत्र संस्थानको नवनियुक्त अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी । तस्बिरः केशब गुरुङ

‘संस्थानलाई आत्मनिर्भर बनाउन योजना बनाएर लाग्ने छु’

काठमाडौँ, पुस ३० गते । गोरखापत्र संस्थानको नवनियुक्त अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीलाई संस्थान कार्यालयमा बुधबार स्वागत गरिएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीसहित पत्रकार तथा कर्मचारीले अध्यक्ष भण्डारीलाई स्वागत गर्नु भयो । 

अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नु हुँदै संस्थानलाई सबै मिलेर थप राम्रो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । संस्थानको समग्र हित र यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको हक हित र उन्नयनमै आफूलाई समर्पित गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । 

“गोरखापत्रलाई समयानुकुल व्यावसायिक र आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्नेमा योजनाबद्ध काम गर्ने छौं” अध्यक्ष भण्डारीले भन्नु भयो, “गोरखापत्र संस्थानमा मलाई न्यानो स्वागत गर्नु भयो, हार्दिक धन्यवाद दिन चाहन्छु, अब मिलेरै संस्थान हितमा काम गर्ने छौं ।”

 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अब आफ्नो कार्यकाल साढे दुई महिना बाँकी भएको र यो अवधिमा अध्यक्षसँग साथीभाइको रूपमा मिलेर काम गर्ने बताउनु भयो । संस्थानको महाप्रबन्धकको जिम्मेवारी पूरा हुँदा दाजुभाइ भएर निस्कने प्रतिबद्धता जनाउनु भयो । संस्थानको हितमा र यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको हितमा उन्नत सहकार्य गरी काम गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । 

अध्यक्ष भण्डारीलाई महाप्रबन्धक ऐरीसहित सञ्चालक समितिका सदस्य सुरथ पोखरेल, लक्की चौधरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, प्रबन्ध सम्पादक रमेश लम्साल, संस्थानका प्रवक्ता ताराबहादुर बस्याल, डिजिटल संयोजक नारदमुनी गौतम, विभागीय प्रमुखहरू, पत्रकार तथा कर्मचारीले संस्थानमा स्वागत गर्नु भयो । 

More Detail