logo/Gopa Logo color_qsg38xx_kn7ckss.png

आर्थिक पुनरुत्थानको साझा मञ्च

विकासमा सञ्चार क्षेत्रको एउटा पहल हो– गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ ।

आर्थिक पुनरुत्थानको साझा मञ्च

विकासमा सञ्चार क्षेत्रको एउटा पहल हो– गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ । नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वास तथा पुँजी परिचालन र नीतिगत सहजीकरण जस्ता महत्वपूर्ण आयाममा गोरखापत्रले बहस थालेको हो । हालैको जेनजी पुस्ताको आन्दोलनपश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विविध आयामका लागि यो छलफल निकै महत्वपूर्ण बनेको छ । 

गोरखापत्र संस्थानले देशको अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा योगदान पुर्‍याउने उद्देश्यसाथ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ मा सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा मूलधारका सञ्चारकर्मीको सहभागिताले एउटा मार्गदर्शन प्रस्ट पारेको छ ।

उद्योगी व्यवसायीको अपेक्षा, नीतिगत अन्योल र त्यसलाई चिर्न सरकारले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित थियो । गोरखापत्र दैनिकको १२५ औँ (शताब्दी रजत) वर्ष तथा दी राइजिङ नेपालको ६१ औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र संस्थानद्वारा बिहीबार आयोजित बहसमा ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल ?’ ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ सहित तीन वटा शीर्षकमा प्यानल छलफल भएको थियो । 

 

view detail