logo/Gopa Logo color_qsg38xx_kn7ckss.png

महत्त्वपूर्ण सूचना

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व त्रयोदशी - १३

गोरखापत्र संस्थानका महाप्रबन्धक ऐरीको बिदाइ : संस्थानको श्रीवृद्धिमा विशिष्ट योगदान

गोरखापत्र संस्थानका महाप्रबन्धक ऐरीको बिदाइ : संस्थानको श्रीवृद्धिमा विशिष्ट योगदान

गोरखापत्र संस्थानका महाप्रबन्धक ऐरीको बिदाइ : संस्थानको श्रीवृद्धिमा विशिष्ट योगदान

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १६ गते । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको चार वर्षे सफल कार्यकाल पूरा भएको अवसरमा सोमबार एक कार्यक्रमका बीच उहाँलाई बिदाइ गरिएको छ। संस्थानमा आयोजित औपचारिक समारोहमा उहाँलाई सम्मानका साथ बिदाइ गरिएको हो।

बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम र प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले महाप्रबन्धक ऐरीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो।

त्यसैगरी, विभिन्न विभागका प्रमुखहरू, विराटनगर प्रदेश कार्यालयका प्रमुख, गोरखापत्र कर्मचारी संघ २०५२ का प्रतिनिधिहरूलगायत पत्रकार तथा कर्मचारीहरूले उहाँको कार्यकालको सम्मान गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो।

बिदाइ कार्यक्रममा पत्रकार तथा कर्मचारीले आठ वर्षदेखि अवरुद्ध पदपूर्ति प्रक्रिया सुरु भई कर्मचारीको वृत्ति विकास भएको, संस्थानको छवि उच्च बनाउन महाप्रबन्धकको योगदान विशिष्ट रहेको भन्दै उहाँको उज्ज्वल भविष्यको कामना गर्नुभयो । 

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक बस्नेत, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक गौतम, मधुपर्कका निमित्त सम्पादक तुलसीहरि कोइराला, डिजिटल प्रमुख नारदमुनि गौतम, गोरखापत्र एकेडेमीका निर्देशक केदार भट्टराईले महाप्रबन्धक ऐरीले संस्थानमा रहँदा पुराएको योगदानको चर्चा गर्नुभयो । 

यसैगरी, प्रशासन विभाग प्रमख ओमप्रकाश भुसालले २०८२ असोज १२ गतेदेखि अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछि कार्यले संस्थानमा दुरगामी प्रभाव पार्ने बताउनु भयो ।

 

https://gorkhapatraonline.com/news/198837