logo/Gopa Logo color_qsg38xx_kn7ckss.png

महत्त्वपूर्ण सूचना

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा चतुर्दशी - २९

निर्वाचन भयरहित सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ : सचिव बस्नेत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।

काठमाडौँ, फागुन १० गते ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।

गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘‘निर्वाचन भयरहित वातावरणमा सञ्चालन गर्ने सवालमा सञ्चारमाध्यम र सञ्चरकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘निर्वाचन अगाडि सम्पन्न भएका यस्ता अभिमुखीकरण कार्यक्रमले समाचार सम्प्रेषणमा मिडियालाई सहयोग पुग्ने विश्वास लागेको छ ।’’ 

उहाँले निर्वाचन सफल बनाउन सरकार र आयोग सक्रिय रहेको भन्दै सञ्चारमाध्यमले थप साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सचिव बस्नेतले भन्नुभयो, ‘‘निर्वाचन वातावरण बनाउन तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्दै निर्वाचन आचारसंहिता पालनाको विषयलाई मिडियाले उठाउने विश्वास छ ।’’ 

 

https://gorkhapatraonline.com/news/193215