गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राज्यद्वारा सञ्चालित सञ्चार माध्यम युुग सुहाउँदो र समयको गतिसँगै अगाडि बढ्नुुपर्नेमा जोड दिनुुभएको छ । उहाँले अखबारलाई पाठकको आवश्यकता र प्रतिस्पर्धामा उभिन सक्ने बनाउनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।
गोरखापत्र संस्थानको अङ्ग्रेजी संस्करण दैनिक ‘दि राइजिङ नेपाल’ को ५६औँ वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले राज्यले सञ्चालन गरेका पत्रिका र टिभीको आवश्यकतामाथि गम्भीर बहस चलेको छ भन्नुुुभयो । उहाँले भन्नुुभयो, “अहिलेको युुग प्रतिस्पर्धाको युुग हो, स्पर्धामा उभिन सकेन भने ऐतिहासिक महìव बोकेको संस्थाको आवश्यकतामाथि सबाल उठेका छन् र संस्थाले नै यसको जवाफ दिनुुपर्छ ।”
मन्त्री कार्कीले भन्नुुभयो, “समय गतिशील छ, संसार सूचना प्रविधिबाट अत्यन्तै साँघुरिएको छ, व्यस्तता बढेको छ । त्यसअनुरूप राइजिङ नेपाल कहाँ उभिएको छ ? बदलिँदो परिस्थितिमा कहाँ छ र कसरी सबैका लागि पठनीय
हुनुपर्छ ?” उहाँले त्यस दिशातर्फ सोचेनौँ भने जतिसुकै ऐतिहासिक दिवस मनाए पनि त्यो इतिहासमै सीमित रहन सक्छ, समयको गतिसँगै अगाडि बढ्न सक्दैन ।”
मन्त्री कार्कीले ऐतिहासिक विरासत बोकेको ‘द राइजिङ नेपाल’को पाठक नेपालमा मात्रै नभई विश्वमा नै रहेको बताउनुुहुँदै पत्रिकाको विश्वसनीयतालाई अझै अभिवृद्धि गर्नुपर्ने सुुझाव दिनुुभयो । उहाँले समयसापेक्ष समाजको आवश्यकताबमोजिम सही सूचना दिएर प्रभावित बनाउन सके मात्रै पत्रिकाको औचित्य रहने बताउनुुभयो ।
मन्त्री कार्कीले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमको सहयोगका निमित्त आफू सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो तर यसको महìवलाई आत्मसात् गर्दै आवश्यकतालाई आत्मबोध गरेर सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ‘द राइजिङ नेपाल’ले गरेको मेहनत अतुलनीय रहे पनि सुधारको खाँचो औँल्याउनुुभयो । उहाँले समाचारको प्राथमिकता निर्धारणमा विशेष ध्यान दिन र स्पर्धाको जमानामा पाठक गुमाउने होडबाजीमा अप्रमाणित खबर सम्प्रेषण नगर्न सुुझाव दिनुुुभयो । उहाँले ‘द राइजिङ नेपाल’को ‘एप’ खुल्न समय लाग्ने, ‘वेब’ संस्करण ढिलो खुल्ने भएकाले नेपाल टेलिकमसँग सहकार्य गरेर सुधारका लागि आफू सहजीकरण गर्न तयार रहेको बताउनुुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले २४ सेकेन्डमा सूचना अद्यावधिक भइरहेको बेला पाठकले २४ घण्टा पर्खेर गोरखापत्र दैनिक र ‘द राइजिङ नेपाल’ किन पढ्ने जवाफ दिनुुपर्ने बताउनुुभयो । उहाँले आफू कार्यभार सम्हालेको छोटो अवधिमै ‘अपरेसनल र एडिटोरियल’ दुुवै विधातर्फ सुुधार गर्न लागेको जानकारी दिनुुभयो । ‘द राइजिङ नेपाल’ को वार्षिकोत्सवको अवसरमा प्रस्तुत गरिएका दुुई कार्यपत्रको प्रस्तुतिलाई उहाँले सुुधारको सङ्केतका रूपमा अथ्र्याउनुुभयो ।
सूचना प्रविधिको गतिसँग हिँड्नुपर्ने बेला आएको बताउनुुहुँदै अध्यक्ष सुवेदीले डिजिटल प्रविधिसँग काँध मिलाउन प्रशिक्षणको माध्यमबाट दक्ष जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुुभयो । कार्यक्रममा ‘द राइजिङ नेपाल’का निमित्त प्रधान सम्पादक भीमसेन थपलिया र रजनीश भण्डारीले अलग–अलग कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो ।