गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १ गते । गोरखापत्र  संस्थान व्यवस्थापनले दी राइजिङ नेपालको प्रबन्धसम्पादकको जिम्मेवारी परमेश्वरप्रसाद देवकोटालाई दिएको छ । माघ १ गतेदेखि लागू हुने गरी ‘अर्काे व्यवस्था नभएसम्मका लागि संस्थानको अङ्ग्रेजी प्रकाशन दी राइजिङ नेपाल दैनिकमा साबिककै सेवा, समूह कायम रहने गरी दी राइजिङ नेपाल दैनिकको प्रबन्धसम्पादकको जिम्मेवारी सुम्पिएको’ गोरखापत्र संस्थान व्यवस्थापनले बुधबार जनाएको हो ।  उहाँ दी राइजिङ नेपालको नायब कार्यकारी सम्पादक हुनुहुन्छ । वि.सं २०४४ देखि पत्रकारितामा सक्रिय देवकोटा २०५० सालमा उपसम्पादक पदबाट सेवा प्रवेश गर्नुभएको हो । पत्रकारिता विषयमा स्नातक देवकोटा ग्रामीण विकासमा स्नातकोत्तर हुनुहुन्छ ।