काठमाडौँ, (गोरखापत्र) असार ५
गते । गोरखापत्रको सहप्रकाशन मुना मासिक (बालपत्रिका)को निमित्त सम्पादकमा भक्तबहादुर थापा नियुक्त हुनुभएको छ । यसअघिका मुनाका सम्पादक हरिप्रसाद भट्टराईले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त थियो । गोरखापत्र संस्थान व्यवस्थापनले असार ६ गतेबाट लागू हुनेगरी थापालाई सम्पादक नियुक्त गरेको हो । २०५३ सालमा गोरखापत्रमा प्रवेश गर्नुभएका थापाले गोरखापत्रको पूर्व र पश्चिम क्षेत्रीय प्रकाशनको सम्पादक तथा गोरखापत्रको सहप्रकाशन युवामञ्चमा पनि काम गरिसक्नुभएको छ ।