गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २३ गते
गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक तथा मुना मासिकका निमित्त सम्पादक भक्तबहादुर थापा उमेर हदका कारण बुधबारदेखि सेवानिवृत्त हुनुभएको छ ।
उहाँको बिदाइ कार्यव्रmममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले थापाको हक्की स्वभाव र महŒवपूर्ण सुझावलाई संस्थानले ग्रहण गर्ने बताउनुभयो । उहाँले नायब कार्यकारी सम्पादक थापाको पुँजी र व्यक्तित्व बनाउने काम संस्थानले गरेकाले आगामी दिनमा पनि उहाँको साथ, सल्लाह र सुझाव संस्थानका लागि महŒवपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
महाप्रबन्धक लालबहादुर ऐरीले करिब ३० वर्ष संस्थानमा योगदान दिनुभएका थापाको पहिचान संस्थानले बनाएकाले आगामी दिनमा पनि सहयोग सल्लाह प्राप्त भइरहने अपेक्षा गर्नुभयो ।
कार्यव्रmममा गोरखापत्र दैनिकका निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले थापाको भावी जीवन सुखद र आनन्दमय रहोस् भनी शुभकामना दिनुभयो ।
सेवानिवृत्त थापाले २७ वर्ष स्थायी सेवा र अस्थायी सेवासहित करिब ३० वर्ष संस्थानमा सेवा गरेकाले आफ्नो जीवनको सबै पुँजी संस्थान रहेको बताउनुभयो । उहाँले सेवामा रहुन्जेल नराम्रो कसैलाई नगरेको र अझ १५ वर्षसम्म पत्रकारिता क्षेत्रमा व्रिmयाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदी, महाप्रबन्धक ऐरी तथा विभागीय प्रमुखहरूले सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नुभएको थियो ।