गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ४ गते ।

 गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव श्रीधर ज्ञवाली नियुक्त हुनुभएको छ । असार १ गतेको नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको हो । सो मन्त्रालयले उहाँलाई नियुक्त गरेको जानकारी दिएको छ। गोरखापत्र संस्थान ऐनमा एक जना सञ्चालक सदस्य नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था छ ।