गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २१ गते । गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएका संस्थानका कार्यकारी सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।संस्थान व्यवस्थापनको बिहीबारको निर्णयअनुसार भट्टराईले निमित्त प्रधान सम्पादकको समेत जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँ संस्थानको नेपाली पत्रकारिता समूहको वरिष्ठतम ज्येष्ठ कार्यकारी सम्पादक हुनुहुन्छ ।
‘संस्थानको नेपाली प्रकाशन गोरखापत्र दैनिकमा रिक्त रहेको निमित्त प्रधान सम्पादक पदमा २०७८।०४।२२ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त नियमावली २०५२ (बाह्रौँ संशोधनसहित) अनुसार सो प्रकाशनको नि. प्रधान सम्पादकको जिम्मेवारी स्वयं बहन गर्न संस्थानका कानुनी सल्लाहकारको राय र संस्थान व्यवस्थापनको मिति २०७८।०४।२१ गतेको निर्णय अनुसार सो निर्णय गरिएको व्यवस्थानको पत्रमा उल्लेख छ ।
यसअघि भट्टराईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ २०४९ साल फागुन १ गते तह ७ को पसम्पादकमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । खोटाङ जिल्लाको लामीडाँडामा २०२५ साल जेठ ७ गते जन्मनुभएका भट्टराईले आमसञ्चार तथा पत्रकारिता विषयमा ‚नातकोत्तर र कानुनमा ‚नातक उत्तीर्ण गर्नुभएको छ । यसअघि निमित्त प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका श्रीधर आचार्यलाई साविककै कार्यकारी सम्पादक पद र सेवा समूहमा रहने गरी साउन २२ गतेबाट लागू हुने गरी व्यव‚थापन गरिएको जानकारी पनि व्यव‚थापनले दिएको छ ।