2020-11-04-25964

काठमाडौं, कात्तिक १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विगतका कमीकमजोरी पत्ता लगाई नयाँ सोचबाट गोरखापत्र संस्थानलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्री गुरुङले गोरखापत्र संस्थान कार्यालयको अवलोकन गर्दैे उक्त कुरा बताउनुभएको हो ।

गोरखापत्रको १२० वर्षको यात्राबाट अबको यात्रा अगाडि बढाउन नयाँ तरिकाले जानुपर्ने बताउनुभयो । उहाँले निजीक्षेत्रका पत्रपत्रिकासँग प्रतिस्पर्धा गर्दै गोरखापत्रको इतिहास कायम राख्न जरुरी रहेको बताउनुभयो । साथै सञ्चारमन्त्री गुरुङले गोरखापत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर अवलोकन गर्न आएको बताउदै उहाँले सबैको सुझावलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।

मन्त्रीगुरूङले संस्थानका सबै विभागहरूले कात्तिक मसान्त भित्र संस्थानमा के के कुराहरू गर्ने हाे साेबारेमा याेजना तयार गरी पेश गर्न समेत आग्रह गर्नुभयाे । साे अवसरमा सञ्चार तथा सूचना प्रविधि सचिव हरिप्रसाद बस्यालले गाेरखापत्र संस्थानले कर्मचारी भर्ना लगायतका काम गर्दा भविष्यमा त्यसले पर्ने आर्थिक भार लगायतका विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयाे । 

साेही अबसरमा गाेरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गाेरखापत्र संस्थानका प्रकाशनहरू निजी क्षेत्रका प्रकाशनहरूसँग प्रतिश्पर्धा गर्न सक्ने अबस्थामा पुगेकाे चर्चा गर्दै कर्मचारीहरूलाई  संस्थान भित्र कुनै विचार वा पार्टीसँग सम्बन्धित नठानी संस्थानकाे हितका लागि काम गर्न आग्रह गर्नुभयाे । साे कार्यक्रममा गाेरखापत्रका निमित्त प्रधानसम्पादक श्रीधर आचार्यले स्वगत मन्तव्य राख्नु भएकाे थियाे । 