गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २२ गते
गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा संस्थान परिसरमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरियो ।
गोरखापत्र संस्थान र नेपाल पत्रकार महासङ्घ गोरखापत्र शाखाद्वारा आयोजित कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा संस्थानमा कार्यरत कर्मचारी र पत्रकारहरूले रक्तदान गर्नुभएको थियो । रक्तदान गर्नेमा तुलसीहरि कोइराला, ओमप्रकाश भुसाल, लक्ष्मी खतिवडा, रामराजा श्रेष्ठ, सरोज ढुङ्गेल, मीना लामा र बिनु श्रेष्ठ हुनुहुन्छ ।
त्यस्तै सुनिता पौडेल, भीमनाथ फुयाल, विनोद अर्याल, रूपचन्द्र भट्ट, नरेश बटाला, जीवन श्रेष्ठ, सरोजकुमार माझी, केशवप्रसाद सापकोटा, निर्मलकुमार श्रेष्ठ, टीकाराम दाहाल, सम्झना बम, हरिशरण थापा, तेजप्रसाद जोशी, कञ्चन श्रेष्ठ, नारायण ढुङ्गाना, कृष्ण श्रेष्ठ र प्रतीक दानीले रक्तदान गर्नुभएको थियो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. करिश्मा मल्ल वैद्य, सो अस्पतालद्वारा सञ्चालित ब्लड बैङ्कका इन्चार्ज परशुराम दाहाल, कर्मचारीहरू रीता श्रेष्ठ, गोविन्द पौडेल, सुजित थापा, इन्दिरा केसी र सुजाता गिरी रोकायालगायतका प्राविधिक टोलीले रक्तदानका लागि सहयोग गर्नुभएको थियो ।