सिद्धार्थनगर समाचारदाता
सिद्धार्थनगर, जेठ १ गते
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितको टोलीले बुटवलमा रहेको लुम्बिनी प्रदेश कार्यालयको अवलोकन गरेको छ । आइतबार एक सङ्क्षिप्त कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी, प्रशासन विभागका प्रमुख ओम भुसाल र कमला श्रेष्ठलाई कार्यालयमा स्वागत तथा सम्मान गरियो ।
सो अवसरमा बोल्दै कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्रको इतिहासलाई कायम राख्दै यसका सबै प्रकाशनलाई प्रविधिमैत्री बनाइने बताउनुभयो । गोरखापत्रले प्रकाशन गर्ने सूचना, समाचार र विचारलाई थप विश्वसनीय बनाउन सबैको भूमिका रहने उहाँले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश कार्यालयको काम प्रशंसायोग्य रहेको भन्दै अझै यस क्षेत्रमा पाठकहरूलाई जोड्दै
जानुपर्ने बताउनुभयो ।
संस्थानका प्रशासन प्रमुख भुसालले गोरखापत्रमा धेरै नीतिगत सुधार गरिएको र देखिने गरी कामका थालनी गरेको बताउनुभयो । उहाँले संस्थानको विकास र पहुँच बढाउन सबैको भूमिका रहेको भन्दै नयाँ ढङ्गबाट अगाडि बढ्ने बताउनुभयो । सो अवसरमा लुम्बिनी संयोजक श्यामशङ्कर पाण्डे, कार्यालय प्रमुख हरि सुवेदी, समाचारदाताहरू छवि पाण्डे, लक्ष्मण पौडेल, कपिल ज्ञवालीलगायतले गोरखापत्रलाई आमजनताको सहज पहँुचमा पुर्‍याउनुपर्ने सुझाव दिनुभयो ।