नारद गौतम

काठमाडाँैं, वैशाख २४ गते । नेपाली भाषाको पहिलो समाचारपत्र ‘गोरखापत्र’ प्रकाशन सुरु भएको आज १२० वर्ष पूरा भई १२१ वर्ष लागेको छ ।
वि.सं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक रूपमा ‘गोर्खापत्र’ को प्रकाशन सुरु भएको थियो । दक्षिण एसियामै यति लामो निरन्तरता भएका अखबार कमै छन् । इतिहासका विभिन्न कालखण्डमा गोरखापत्रले धेरै पटक काँचुुली फेर्न सफल भएको छ ।
गोरखापत्र प्रकाशन भएकै ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले २०७३ बाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेअनुसार आज छैटौंँ ‘राष्ट्रिय पत्रकारिता दिवस’ पनि हो । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण गत वर्ष र यस वर्षको पत्रकारिता दिवस प्रभावित भएको छ ।
समाचार तथा सूूचना प्रवाहमा अग्रणी भूमिका खेल्दै आएको गोरखापत्रले नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र पुस्ता हस्तान्तरणमा विशिष्ट योगदान पु¥याएको छ । सुरुमा साप्ताहिक रूपमा प्रकाशित यो अखबार हप्तामा दुई, तीन पटक हुँदै वि.सं. २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको छ ।
गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा भएका घटनाको जीवन्त साक्षी हो । नेपालमा फोटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्र नै हो । वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको थियो ।
वि.सं.२०३८ मा वेभ अफसेट मेसिनबाट गोरखापत्रको छपाइ सुरु भयो भने २०५९ असार १० बाट रङ्गीन कलेबरमा छापिन थाल्यो । हाल एकै पटक १२ पृष्ठ रङ्गीन र आठ पृष्ठ श्यामश्वेत गरी २० पृष्ठ छपाइ गर्ने आधुुनिक प्रविधिको वेभ अफसेट मेसिनबाट काठमाडौँमा छपाइ भइरहेको छ । यसैगरी विराटनगर तथा कोहलपुरबाट पनि आफ्नै भवनसहित दैनिक छपाइ कार्य हुँदै आएको छ ।
विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले नयाँ इतिहास रचेको छ । २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृ) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् ।
राष्ट्रिय पत्रकारिता दिवसको घोषणा भएपछि गोरखापत्र संस्थानले २०७३ मा पहिलो पटक ५५ हजार ५५५।– रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना ग¥यो । नेपालको छापा पत्रकारितामा विशिष्ट योगदान पु¥याएका पत्रकारलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यस पुरस्कारबाट वरिष्ठ पत्रकारहरू ध्र्रुवहरि अधिकारी, पी. खरेल, भैरव रिसाल र पोखराका पुण्य पौडेल पुरस्कृत भइसक्नुभएको छ  ।
गोरखापत्रका सहप्रकाशनहरूमा अङ्ग्रेजी भाषाको दि राइजिङ नेपाल, मासिक पत्रिकाहरू मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन तथा राइजिङ नेपाल अनलाइन संस्करण प्रकाशन हुँदै आएका  छन् । गोरखापत्रको अनलाइन संस्करणलाई अझ प्रविधिमैत्री र सूचना प्रवाहमा अग्रणी बनाउने प्रयासलाई संस्थान व्यवस्थापनले अगाडि बढाएको छ ।

 पुरस्कृत हुने नाम घोषणा आज
कोरोना भाइरसको विश्वव्यापी महामारीको दोस्रो चरणको शृङ्खला सुुरु भएकाले नेपाल सरकारकै आयोजनामा मनाउने गरिएको राष्ट्रिय पत्रकारिता दिवसका कार्यक्रम कोरोना महामारीका कारण प्रभावित भएका छन् । गत वर्ष पनि कोरोनाकै कारण देशभर बन्दाबन्दी हुँदा सबै औपचारिक कार्यक्रम स्थगित भएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले शुक्रबार मन्त्रालयले गत वर्ष र यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने व्यक्तित्वहरूको नाम घोषणा गरिने कार्यक्रम रहेको बताउनुभयो ।