गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २७ गते
गोरखापत्र संस्थान र निर्वाचन आयोगबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा संस्थानका तर्फबाट महाप्रबन्धक लालबहादुर ऐरी तथा आयोगका तर्फबाट सहसचिव तुलसीबहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार गोरखापत्र संस्थानले मतदाता शिक्षाका लागि तयार पारिएका सूचना एवं सार्वजनिक महìवका सन्देश ३७ वटा भाषामा अनुवाद गरी गोरखापत्र दैनिकको बहुभाषी पृष्ठमा समावेश गर्नेछ भने आफ्ना प्रकाशनमा निर्वाचनसँग सम्बन्धित समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्नेछ ।
संस्थानले गोरखापत्र दैनिकको पहिलो पृष्ठमा निर्वाचन काउन्टडाउन प्रकाशन गर्नुका साथै निर्वाचनलाई सहयोग पुग्ने लेख तथा रचना पनि प्रकाशन गर्नेछ ।