गोरखापत्र समाचारदाता
काठमाडौँ,असोज २५ गते
गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीद्वय हरिकृष्ण अर्याल र हरिशरण पुरीलाई सम्मानपत्रसहित बिदाइ गरिएको छ ।
संस्थानमा मङ्गलबार आयोजित कार्यक्रममा संस्थानको सेवामा लामो समयदेखि कार्यरत कर्मचारीद्वय अर्याल र पुरीलाई संस्थान परिवारतर्फबाट बिदाइ गरिएको हो । संस्थान सेवामा २०५३ सालमा प्रवेश गर्नुभएका अर्यालले वरिष्ठ प्राविधिक सहायक पदबाट उमेरहदका कारण अवकाश पाउनुभएको हो । त्यसैगरी पुरीले सिनियर प्रेस म्यान पदबाट स्वेच्छिक अवकाश
लिनुभएको हो ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले हँसिलो मुहारसहित सधैँ संस्थानको काममा खटिरहने प्राविधिक कर्मचारीद्वयलाई एकैपटक बिदाइ गर्नुपर्दा केही गुमाएको महसुस भएको बताउनुभयो ।