गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ९ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनहरूको साजसज्जालाई अझ आकर्षक र पाठकमैत्री बनाइने बताउनुुभएको छ ।  
गोरखापत्र संस्थानबाट प्रकाशन हुँदै आएका गोरखापत्र दैनिक र दी राइजिङ नेपालको ‘प्रारूप सजावट’ सम्बन्धी एकदिने कार्यशाला गोष्ठीको बुधबार शुुभारम्भ गर्दै कार्यकारी अध्यक्ष सुवेदीले भन्नुुभयो, “अहिलेको प्रतिस्पर्धा सूचनाको स्तरभन्दा पनि साजसज्जामा बढी प्रतिस्पर्धात्मक देखिन थालेको छ   ।
गोरखापत्रको आफ्नै पहिचान र पुँजी छ । त्यो भनेको पाठकमा रहेको विश्वसनीयता नै हो भन्दै उहाँले हामीसँग गौरवमय इतिहास र लामो विरासत रहेको छ भन्नुुभयो । उहाँले पाठकलाई सर्वोपरि राख्दै हामीले पस्किने समाचार सामग्रीमा अझ सुुधार गर्ने र त्यससँगसँगै पृष्ठ सजावटलाई आकर्षक बनाउने योजनाअन्तर्गत नै कार्यशाला गोष्ठी आयोजना गरिएको हो भन्नुुभयो ।
आधुनिक प्रविधि आत्मसात् गरेर अगाडि बढ्नुको विकल्प छैन भन्दै कार्यकारी अध्यक्ष सुवेदीले भन्नुुभयो, “समयको माग र सङ्केतसँग दौड्न तयार हुनुुपर्छ, होइन भने हामी असान्दर्भिक हुन सक्छौँ ।”
गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले अखबारको गुणात्मक पक्षलाई अझ सुुधार गर्न सम्पादक, फोटोपत्रकार, डिजाइनरसहितको सहभागिता हुनुु राम्रो पक्ष रहेको बताउनुुभयो । उहाँले अखबारप्रति पाठकको ध्यानाकर्षण अझ बढाउन र किन्नलाई उत्प्रेरित गर्न समाचार सामग्रीका साथै पृष्ठ सजावट अझ राम्रो बनाइने प्रयास जारी छ भन्नुुभयो ।
गोष्ठीमा रामकृष्ण रानामगरले सजावटका विभिन्न विधामा तयार पारेको दृश्यात्मक सामग्रीबाट गोरखापत्र र राइजिङ नेपालमा रहेका राम्रा पक्ष र सुधार गर्नुपर्ने विषयलाई औँल्याउनुुभयो । कार्यक्रममा गोरखापत्र संस्थानको सूचना प्रविधि विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठ र प्रबन्धक नरेन्द्रबहादुर श्रेष्ठले गोरखापत्र संस्थानमा प्रविधिमा आएको परिवर्तनबारे चर्चा गर्नुभयो । यस्तै प्रबन्धक जुुजुुकाजी रञ्जितले कार्यशालाबाट आर्जन गरेको ज्ञानलाई पृष्ठ सजावटमा उतार्न सबैसँग आग्रह गर्नुभयो ।