गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते । गोरखापत्र दैनिकको कोहलपुर संस्करणको औपचारिक प्रकाशन आजदेखि सुरु गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कोहलपुर संस्करणको औपचारिक प्रकाशन थालिएको गोरखापत्र संस्थान व्यवस्थापनले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गर्दै गोरखापत्र दैनिक र दी राइजिङ नेपालको प्रकाशन थालिएको हो । गोखापत्र दैनिकको यो दोस्रो संस्करण हो । प्रकाशनको उपत्पयका बाहिर पहिलो संस्करण विराटनगरबाट संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि प्रकाशन सुरु भएको थियो । मुलुकको जेठो पत्रिका गोरखापत्र ११९ वर्षदेखि नियमित प्रकाशित हुँदै आएको छ ।  

काेहपुर संस्करणाकाे शुभारम्भकाे अवसरमा बुधबार काेहलपुरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुलप्रसाद बाँस्काेटाकाे उपस्थितिमा एक कार्यक्रमकाे आयाेजना गरिदै छ । 

प्रकाशकीय

गोरखापत्रको निरन्तर फड्को

आजदेखि पश्चिम नेपालबाट गोरखापत्रको कोहलपुर संस्करण सुरु भएको छ । यसअघि संविधान दिवसको अवसरमा गत असोज ३ गतेदेखि प्रदेश १ विराटनगरबाट गोरखापत्रको नियमित प्रकाशन प्रारम्भ भइसकेको छ । जहानियाँ निरङ्कुश एकतन्त्रीय राणा शासनबाट २००७ सालमा नेपाली जनताले शासकीय सत्ता प्राप्त गर्न पहिलो क्रान्ति सम्पन्न गरेको दिनको शुभ अवसर पारेर फागुन ७ गते यो प्रकाशन हामीले पश्चिम नेपालको केन्द्रबिन्दुबाट आरम्भ गरेका हौंँ ।

संयोग कस्तो भने नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरी तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय, प्रदेश र स्थानीय सरकार गठन भई तेस्रो वर्ष प्रवेश गरेको सातामै गोरखापत्रको अर्को फड्कोका रूपमा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम नेपालमा सूर्योदय सँंगसंँगै पुग्ने गरी कोहलपुरबाट यो प्रकाशन प्रारम्भ भएको छ ।
हामीले विज्ञान विषयमा पढेअनुसार सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न आठ मिनेट २० सेकेन्ड लाग्छ । अब नेपालमा सूर्योदय हुँदाहुँदै देशको राजधानी काठमाडौंँ, पूर्व विराटनगर र पश्चिम कोहलपुरबाट एकै पटक प्रकाशित भई नागरिकको घरघर र हातहातमा गोरखापत्रका प्रकाशनहरू पुग्ने छन् । राष्ट्रको गौरवका रूपमा सञ्चार प्रवाह गर्ने सशक्त माध्यमका रूपमा गोरखापत्रले सबै नेपाली, सबै प्रदेश, सबै स्थानीय तहमा बसोबास गर्ने नागरिकमा सञ्चार प्रवाह गर्छ ।
सबै नेपालीको आवाज १२३ भाषाभाषी, १२५ जातजाति सबैको एकताको सूत्र र संवादको काम गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवाज बोल्न कोहलपुरबाट प्रकाशित भई मुलुकको जेठो प्रकाशनले अर्को आयाम सिर्जना गरेको छ । गोरखापत्रको अर्को फड्को अब मध्य नेपालको नवलपरासी अथवा चितवनबाट प्रकाशित हुने छ । कोहलपुर प्रकाशनले त्यो प्रकाशन छिटो गर्न थप ऊर्जा दिएको छ ।
गोरखापत्र दैनिक सँंगसंँगै संस्थानका अन्य प्रकाशनहरू द राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइनलाई पनि सबै उमेर, पेसा, व्यवसायका नागरिकका हात र साथमा पु¥याइने छ । प्रत्येक विद्यालय, कलेज, विश्वविद्यालयका युवा÷विद्यार्थी, शिक्षक÷प्राध्यापकको रुचि र विषयको क्षेत्रगत यथार्थ, वस्तुनिष्ठ जानकारी र ज्ञान अभिवृद्धि गर्ने माध्यमको काम गोरखापत्रका प्रकाशनहरूमा प्रकाशित सामग्रीले गर्ने छन् । सबै नागरिकले आफ्नो आवाज समावेश हुने सञ्चारमाध्यमका रूपमा गोरखापत्रलाई पाउने छन् ।
पाठकको माया, सुझाव र निरन्तरको पृष्ठपोषणबाट हामी अझै अत्याधुनिक प्रविधि, सीप र जाँगरको प्रयोग गरेर सबै नेपालीसमक्ष पुग्ने प्रण यस अवसरमा पुनः गर्दछौँ । दीर्घकालीन लक्ष्य प्राप्तिका लागि सुरु गरिएको यो अभियान सम्पूर्ण पाठक, लेखक, पत्रकार, विज्ञापनदाता, कर्मचारी र आमनागरिकको सत्प्रयास, माया, ममता र कर्मशीलताबाट मात्रै सम्भव हुने हो । यस सुखद घडीमा सबैप्रति विश्वास, आभार र कृतज्ञता व्यक्त गर्दछाँै ।