मधुपर्क सम्मानबाट तीन स्रष्टा सम्मानित
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते
मधुपर्क सम्मान–२०८१ बाट गद्यतर्फ वरिष्ठ समालोचक प्राध्यापक कृष्ण गौतम तथा पद्यतर्फ वरिष्ठ कवि मञ्जु काँचुली तिवारी र मधुपर्क प्रतिभा सम्मानबाट साहित्यकार किशोर पहाडी पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५७ औँ वार्षिकोत्सव तथा मधुपर्क सम्मान २०८१ समर्पण कार्यक्रमका अवसरमा राजधानीमा बुधबार आयोजित मधुपर्क सम्मान–२०८१ समर्पण समारोहमा उहाँहरूलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्राध्यापक डा. वासुदेव त्रिपाठीले उहाँहरूलाई ५० हजार नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले गोरखापत्रले नेपाली साहित्यको उत्थानमा पु¥याउँदै आएको योगदानको चर्चा गर्दै मधुपर्कमार्फत स्रष्टाका सिर्जनालाई सम्मान र स्थान दिँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मधुपर्क साहित्यकारलाई पाठकसम्म पु¥याउने थलोका रूपमा परिचित छ । दर्शन, कला, साहित्यको खोजीमा लागेको मधुपर्कका देशभित्र मात्रै नभएर
विदेशमा रहेका पाठकले समेत उत्तिकै रुचाउने गरेका छन् ।”
त्यस्तै कार्यव्रmमप्रति आभार प्रकट गर्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधुपर्क गोरखापत्र संस्थानको गौरव र पुँजी भएको जनाउँदै यो साहित्यिक पत्रिका मात्रै नभएर साहित्यकारको पाठशाला पनि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मधुपर्कले धेरै स्रष्टा उत्पादन मात्रै गरेको छैन, स्रष्टालाई समाजमा चिनाउने नेपाली भाषा, संस्कृतिको माध्यम पनि बन्दै आएको छ ।”
मधुपर्कमा जोडिएर धेरै जना साहित्यकारको परिचय बनेको बताउनुहुँदै उहाँले यसलाई अझै परिस्कृत बनाउँदै लैजान यसको भौतिक कपीलाई विद्युतीय माध्यममार्फत विश्वभर रहेका मधुपर्कका पाठकसमक्ष पु¥याउने योजना रहेको बताउनुभयो ।
गोरखापत्र पत्रिका मात्रै नभएर नेपाली पत्रकारिताको पाठशाला भएको बताउँदै उहाँले १२४ वर्षको इतिहास बोकेको संस्थान राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणको साक्षी रहेको बताउनुभयो । अध्यक्ष सुवेदीले गोरखपत्रलाई इतिहासको संरक्षणको जिम्मेवारीसमेत रहेको बताउँदै त्यसको सुरक्षाका लागि विद्युतीय अभिलेखीकरण र दुर्लभ तस्बिरहरूलाई व्यवस्थित गरेर सुरक्षित गर्ने योजनामा रहेको बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मधुपर्कले साहित्यका माध्यमबाट समाजलाई रूपान्तरण गर्दै लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधुपर्कले साहित्यमार्फत समाजलाई झक्झक्याउने, सही मार्गमा लैजाने काम गरेको छ । यसले नेपाली साहित्यको सन्दर्भमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।”
कार्यक्रममा सम्मानित साधकबारे प्रकाश पार्दै साहित्यकार प्रमोद प्रधानले मधुपर्क नेपाली साहित्यको विशेष स्थानमा रहेको बताउनुभयो । उहाँले नेपाली भाषा, साहित्यका लागि मधुपर्कको विशेष योगदानको चर्चा गर्दै यसले स्रष्टाहरूको आख्यान, समालोचना, कथासङ्ग्रह, कविता, उपन्यासमार्फत समाजलाई डो¥याइरहेको धारणा राख्नुभयो ।
मधुपर्क सम्मान २०८१, स्रष्टा चयन समितिका संयोजकसमेत रहनुभएका वरिष्ठ साहित्यकार पुष्कर लोहनीले अहिलेको अवस्थासम्म साहित्यलाई जीवन्त राख्न मधुपर्कले ठुलो योगदान दिँदै आएको बताउनुभयो ।
त्यस्तै वरिष्ठ कवि मञ्जु काँचुली तिवारीले साहित्यलाई उचाइमा पु¥याउन साहित्यिक पत्रकारको समेत उत्तिकै देन रहेको बताउनुभयो ।
वरिष्ठ साहित्यकार किशोर पहाडीले मधुपर्क सर्वश्रेष्ठ पत्रिका रहेको बताउँदै यसले साहित्यको रूपरेखा कोर्दै आएको बताउनुभयो ।
मधुपर्क मासिकका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले मधुपर्कको वार्षिकोत्सवको अवसर पारेर समाजबाट मनुमोदित स्रष्टालाई सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा आयोजना गरिएको मधुपर्क मन्थनमा वर्तमान साहित्यमा आख्यानः अवस्था, यात्रा र गन्तव्यमा प्राडा दयाराम श्रेष्ठ सम्भव र प्राडा
लक्ष्मणप्रसाद गौतम तथा वर्तमान नेपाली साहित्यमा पद्य (कविता) स्वरूप, स्वर र अवस्थामा श्यामल अधिकारी र सीता पाण्डेले आआफ्नो विचार राख्नुभयो ।