गोरखापत्रको सञ्चालक समितिमा बस्याल
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १९ गते
गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव इन्द्रप्रसाद बस्याल नियुक्त हुनुभएको छ ।
मन्त्रालयको संस्थान समन्वय शाखामा कार्यरत बस्याललाई अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम सञ्चाक समिति सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । उहाँलाई सो पदमा असार १७ गतेको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो ।