महाप्रवन्धकको मन्तब्य
स्मार्ट गोरखापत्र २०१८ को यात्रामा
गोरखापत्र ११७ बर्ष पूरानो इतिहासको साक्ष्य र जीवन्त स्वरूप हो । यसले मुलुकको सामाजिक,आर्थिक, राजनीतिक लगायत सबै किसिमका पाटा र परिवर्तनलाई नजिकबाट देखेको छ । व्यवस्था परिवर्तनका विभिन्न कालखण्डमा गोरखापत्रको औचित्य र भूमिका बदलिए पनि यसले कहिल्यै पत्रकारिताको धर्म निर्वाह र योगदानलाइ छाडेन । नेपाली पत्रकारिताको पर्याय मानिसको गोरखापत्रले प्रविधि विकासको बहुआयामिक पक्षलाई समय सापेक्ष ग्रहण गर्दै आएको छ । " गिथ्दे प्रेस "को बिगत देखि डिजिटल युगको वर्तमानका गोरखापत्रका चुनौती बढेको बढे छन् । छापा मध्यमको औचित्य क्रमश:स्पर्धी भइरहेको अवस्थालाई गोरखापत्रले आत्मसात गर्दै अब सम्पूर्ण रूपमा "स्मार्ट " बन्ने अठोट गरेको हो । यहि अठोटको यात्रामा यतिखेर गोरखापत्रले आफुलाई "स्मार्ट गोरखापत्र २०१८ " को योजनामा उभ्याएको छ । यहि योजना साकार तुल्याउन हामीले गोरखापत्रको कर्पोरेट वेबसाइट सुरु गरेका हौँ । यस पश्चात क्रमश: गोरखापत्रलाई सबै किसिमबाट "स्मार्ट " बनाइने छ । गोरखापत्रका सबै अवस्था र परिस्थितिमा साथ र माया दिनु हुनेछ भन्ने बिश्वास हामीले राखेका छौं ।