आज मिति २०७५ जेष्ठ १० गते

स्मार्ट गोरखापत्र २०१८ को सुरुवात

स्मार्ट गोरखापत्र २०१८ को सुरुवात

‘स्मार्ट गोरखापत्र–२०१८’ को शुभारम्भ
    सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गोरखापत्र संस्थानको प्रकाशनलाई तत्काल सङ्घीय संरचना अनुसार देशका सातै प्रदेशमा लैजाने तयारी गर्नु जरुरी भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको बुधबार ‘स्मार्ट गोरखापत्र–२०१८’ को औपचारिक रूपमा शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 
    मन्त्री वस्नेतले संस्थानमा हाल कार्यरत जनशक्तिले आ–आफ्नो दायित्व र जिम्मेवारी बुझेर काम गरेमा गोरखापत्रलाई सातै प्रदेशमा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कुनै समस्या नभएको बताउनुभयो । यी योजनासहित संस्थान अगाडि बढेमा संस्थानको विकास र विस्तारका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न कहिल्यै पछाडि नपर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘यस विषयमा पहिले संस्थानको व्यवस्थापन तयार हुन जरूरी छ ।’ 
    निजीस्तरबाट सञ्चालित सञ्चारगृहहरू नयाँ प्रविधिसहित सातै प्रदेशमा जाने तयारी गरिरहेको बेलामा गोरखापत्र चुप लागेर बसेमा अब धेरै पछाडि पर्नेतर्फ संस्थानका पदाधिकारी र विभिन्न विभागीय प्रमुखको ध्यानाकर्षण गराउँदै मन्त्री बस्नेतले गोरखापत्रलाई नयाँ प्रविधिसहित सङ्घीय संरचनामा जाने गरी योजना बनाएर अगाडि बढ्नुहोस्,’ उहाँले भन्नुभयो ।
    गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द्र पोखरेलले गोरखापत्रमा  सुरू भएको वेवसाइट गोरखापत्रलाई सङ्घीयतामा जान पहिलो खुड्किलो हो भन्नुभयो ।     संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्रले सुरू गर्न लागेको नयाँ वेवसाइटको बारेमा जानकारी गराउनुभयो । गोरखापत्रले शुभारम्भमा गोरखापत्रको संस्थानको जानकारी राखिने कप्रोरेट वेवसाइट सञ्चालनमा आएको छ । महाप्रबन्धक उपाध्यायको योजना अनुसार उक्त वेवसाइटमा गोरखापत्र र द राइजिङ नेपालका इपेपर, मधुपर्क, युवामञ्च, मुनाको ईम्यागेजिङ र ईपोटल समाचार राखिने जनाइएको छ ।