Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
नया नेपालको फेदीमा
सुकुम शर्मा
 

बचाइको अर्थ पढ्दा

उत्साहपूर्ण दौड रहेछ !

दौडमा हार्नेले पनि जित्छ,

जित्नेले पनि हारेको हुन्छ !

सारथि ! रथ हाक्ने निहुमा

आस्था मैदानमा चिरा नपार

उद्देश्यमा समर्पित यो यात्रा

ठिही र हिमपातले रोक्दै रोक्दैन .... ।

आस्था नदीमा यात्रारत मन नया नेपालको फेदीमा देश पीडा भएर साटिन्छ । उत्साह र अधिकारको खोजीभित्र युद्धका वेदिमा होमिएको मन जीवन र मृत्युको सन्दर्भ हेर्छ । मर्नेको उचाइ अर्थहीन बनाउदै 'महान् सहिद' मा समेटेर हुदैन । उसको योगदानको भर्‍याङ चढेर आस्था नदीमा राइदाइ गर्ने प्रवृत्तिका कारण महानताको अर्थ हराएको छ । बेलगाम छोडिएका घोडाहरूझै योजनाविहीन सत्ता उपयोग घातक हुन्छ । खेलमैदानमा आत्मघाती गोल हान्ने खेलाडीझै बिलखबन्दमा परेर रगतको मूल्य बिर्सन हुदैन ।

डरपोक हुनेको के भर भयो र ? डरमा सङ्घर्षको कुनै अर्थ छ र ? डरले काापेर लस्करमा पछाडि बस्ने मजस्तो कलमको नटुवाले ठूलो आवाजमा प्राप्ति र गतिको अर्थबोध गर्न मिल्दैन । आासुले पोल्छ भन्छन्- आसुले भिजेका ती बस्तीका मनमा विरहको भक्कानो हराएको छैन । बुट र बन्दुकले किचिएका/थिचिएका ती गाउसहरमा हत्या र अपहरणको त्रास मरेको छैन । अपहरणसागै बेपत्ता पारिएकाको खोजीमा थाकेकाहरू आफन्ती मुहारको आशा मार्दै सत्तामा सल्बलाएका सहयात्री रैथानेहरू हेर्दैछन् । स्मृतिका क्यानभासमा कोरिएको बिम्ब देखाउने ठाउा नपाएपछि मनहरू आनै सपनासाग तर्सिएका छन् । नया युग अप्ठेरामा आएको पिलो होइन । तराई र पहाडका द्वन्द्वमा हराउने पो हो कि नया युग !

आस्था नदीमा अनेक जातिको अधिकार, स्वतन्त्रता र एकताको पाठ स्पष्ट छ । विचार र जातित्वको गाठो कसेर नया युग निर्माण गर्ने सङ्कल्पको बाधक तव भूएकत्व होइन । सङ्कल्प र कार्यमा एक नहुदा प्राप्ति एकादेशको कथा पो हुने हो कि ? किन भूएकत्व स्खलन भएर एकताको मुठी खुकुलो भयो ? करोडौ आवाजले रछ्यानमा मिल्काएको निरङ्कुशता नरसागरले किन आना पाइतालामा पुर्‍याएन ! एकतामा मानवताको, स्वतन्त्रताको नयाागीत गाउन सिकाएको त्यो महान् प्रदर्शनको भाव किन रमिते बनेको छ ? मेरो जातिको के गल्ती थियो र मेरो स्वाभिमानमा पटकपटक हिलो छ्यापिएको छ ।

नेपाली अस्मिताका लागि तराईले उपत्यकालाई कष्ट दिदै हिमाल र पहाडको गौरव मिल्काउन हुादैन । अनि हिमाल, पहाड र तराईका एकतामा मौलाएको हिमाली देशको राष्ट्रिय अखण्डता मौलिक संस्कृति नरसागरका आवाजमा युगयुग बुलन्द हुनैपर्छ । एकतामा नया नेपाल निर्माणसागै राष्ट्रियताको नया गीत गाउन हामीले सङ्कल्प गर्नैपर्छ । खोइ नया नेपालको जगमा राष्ट्रिय एकताको शिला गाडेको ?

महान् क्रान्ति ऊर्जाशील भएर औद्योगिक क्रान्तिका गोरेटामा फट्को मार्न सकेको छैन । विकासले रङ्गाएको भूस्वर्ग किन महान् एकताका मुठीहरूबाट निर्मित भएन ? आस्थाको गीत कतै बेमौसमको वषर्ा हुने त होइन ? प्रश्नसागै मन भन्छ- आस्थागीत बसाइा सर्ने, पोइला जाने, जोइला जाने वा भट्ट िर चोकमा प्रदर्शन गरिने क्षणिक मनोरञ्जनको स्वर होइन । झुण्ड झुण्डले टीका लगाएर अस्तित्वको चीरहरण गर्ने सामन्तीवृत्ति होइन । युगले भन्छ- समय आउाछ, पर्खिंदैन ।

दुबो रोपेर झार मौलायो भने, धान रोपेर सामा फस्टायो भने अनि किसानका पसिनाका गन्धमा पतेराले छेर्‍यो भने, धानको लहलहाउदो खेतमा सलह पस्यो भने किसानको सपना बााझो धर्तीबाहेक के हुन्छ र ? राहतका हात भनेर आहतको वाण हान्ने संस्कृतिले नयाा नेपालको जग बस्दैन । स्वतन्त्रताका महला पाठहरूमा नीला संस्कृतिका काला यात्राहरू नयाा नेपालका लागि घातक भएका छन् ।

समुद्रपारिका कीराहरू हुन् वा आठोबाट सल्किएका कीराहरू ! तिनीहरूले निर्ममतापूर्वक हाम्रो खेती खान्छन् । ती कीराहरूलाई आनो पेटको स्वार्थबाहेक हाम्रो आसुको अर्थ छैन । हाम्रो भोको पेटमा उनीहरू रिनको करौती रेट्छन्, सेतो बकुल्लोझै माछा कुरेर विकासे खेती भन्दै पुाजीको गन्धेझार रोप्छन् । नीलो आकाशमा नाचेको अभिनय गर्दै गिद्धलेझै हाम्रो लास लुछ्न रुचाउाछन् । हामी काकाकुल भएर पानी खोज्दा खोलो देखाएर बाटो लुकाउछन् । ती आफन्ती भनिएका स्वरमा भाषा भाचिएको छ ! संस्कृति जुठिएको छ र आस्थाको रागमा कैाची लगाइएको छ । किन यसरी लेखिएको हो- नया नेपालको संस्कृति ?

नयाा व्यवस्था र युग निर्माणको गति सैनिक परेडमा फेरिएको गीत होइन, न त शान्तिको लयमा थुनिएका बन्दुकको मौन हेराइ मात्र हो । बन्दुकमा खिया लागेको छैन किनकि पुस्तक बमको आतङ्क सेलाएको छैन । पुस्तक संस्कृतिको विरोधी बन्दुकको युग अन्त्य हुन सकेको छैन । साहूका कपटी तमसुक च्यातिएको अभिनय मात्र गरिएको छ । महिला र पुरुषमा रोपिएको लैङ्गकि युद्धमा नयाा नेपालको खोजी नवशिशुको जन्ममा सार्थक हुन्छ त ?

हिजोको व्यवस्था निरङ्कुश शोषण र नियमहीनताको आडमा टिकेको पाठ नयाा युगनिर्माणमा उठेको युद्धका दुन्दुभिमा पनि जल्न सकेन । नया लेखिदै गरेको पाठ आश्वासन, शोषणको उही रूप नियमहीनतामा साटिनु सङ्क्रमणकालीन पीडा मात्र होइन । आनै हितैषी मित्रलाई हिलो छ्यापेर दुष्ट्याइा र फत्तुरको माला उनेर शोषणको दुर्गभित्र रमाउनेलाई अागालो हाल्नु ममताको यात्रा होइन ।

युद्ध सहज नभएर होला अहिले असहज परिस्थितिको सिर्जना भएको । मेरो लोलीमा झार गोड, बोट हुर्काऊ भन्ने लय गुन्जिएको युगौ भयो । अहिले मेरो लोलीको बोट काट भन्दै मेरो लयमा धावा बोलिएको छ । फलका लागि बोट संरक्षण गर भन्ने मेरो लय पनि पुरानो राग मात्र भएको छ । भत्किएको लोली निर्मित गर्ने सङ्कल्पमा म वर्तमान पढ्न उत्सुक भएको छु । यो बोल शोषक सत्ताको होइन, न त सामन्ती राग नै हो । अब यो बोलीमा माली बन घाती होइन, वर्ग बन जाति होइन भन्ने लय पनि गुन्जिन्छन् । यो बोली कुनै जातित्वको प्रगति निमोठ्ने नभई उन्नतिमा डोर्‍याउने लोली हो । हे नया नेपाल ! के मेरो लोलीबोलीमा जातीय दमनको उन्माद छ ?

समयले पढाएको यो पाठ नया नेपालको फेदीमा बसेर मनन गर्दा म तीन हजार चौसठ्ठी सालमा पुगेको छु । सय वर्षपछिको नेपाली गौरवमा खुसीको सुस्केरा साट्दा अहिलेको बेथितिमा थितिको सभ्यता मुस्कुराएको छ । अहिलेको पाठमा आस्था भन व्यक्ति होइन भन्ने आवाज हराएर व्यक्ति भन आस्था होइन भन्ने बोलीमा कहा विचार संश्लेषण हुन्छ र ? नया नेपालका फेदीमा विचार संश्लेषण गर्न रोपिनुपर्छ- विचारका अनेक बिरुवा र हुर्काउनुपर्छ फुलबारीको सिङ्गो उद्देश्य । विविध फूलका सुवासमा मगमगाएको नेपाली चिनारी अमर रहोस् ।

- कीर्तिपुर

अन्य शीर्षक
मेरो उही भुत्ते गिदी -बालकृष्ण पोखरेल
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px