बचाइको अर्थ पढ्दा
उत्साहपूर्ण दौड रहेछ !
दौडमा हार्नेले पनि जित्छ,
जित्नेले पनि हारेको हुन्छ !
सारथि ! रथ हाक्ने निहुमा
आस्था मैदानमा चिरा नपार
उद्देश्यमा समर्पित यो यात्रा
ठिही र हिमपातले रोक्दै रोक्दैन .... ।
आस्था नदीमा यात्रारत मन नया नेपालको फेदीमा देश पीडा भएर साटिन्छ । उत्साह र अधिकारको खोजीभित्र युद्धका वेदिमा होमिएको मन जीवन र मृत्युको सन्दर्भ हेर्छ । मर्नेको उचाइ अर्थहीन बनाउदै 'महान् सहिद' मा समेटेर हुदैन । उसको योगदानको भर्याङ चढेर आस्था नदीमा राइदाइ गर्ने प्रवृत्तिका कारण महानताको अर्थ हराएको छ । बेलगाम छोडिएका घोडाहरूझै योजनाविहीन सत्ता उपयोग घातक हुन्छ । खेलमैदानमा आत्मघाती गोल हान्ने खेलाडीझै बिलखबन्दमा परेर रगतको मूल्य बिर्सन हुदैन ।
डरपोक हुनेको के भर भयो र ? डरमा सङ्घर्षको कुनै अर्थ छ र ? डरले काापेर लस्करमा पछाडि बस्ने मजस्तो कलमको नटुवाले ठूलो आवाजमा प्राप्ति र गतिको अर्थबोध गर्न मिल्दैन । आासुले पोल्छ भन्छन्- आसुले भिजेका ती बस्तीका मनमा विरहको भक्कानो हराएको छैन । बुट र बन्दुकले किचिएका/थिचिएका ती गाउसहरमा हत्या र अपहरणको त्रास मरेको छैन । अपहरणसागै बेपत्ता पारिएकाको खोजीमा थाकेकाहरू आफन्ती मुहारको आशा मार्दै सत्तामा सल्बलाएका सहयात्री रैथानेहरू हेर्दैछन् । स्मृतिका क्यानभासमा कोरिएको बिम्ब देखाउने ठाउा नपाएपछि मनहरू आनै सपनासाग तर्सिएका छन् । नया युग अप्ठेरामा आएको पिलो होइन । तराई र पहाडका द्वन्द्वमा हराउने पो हो कि नया युग !
आस्था नदीमा अनेक जातिको अधिकार, स्वतन्त्रता र एकताको पाठ स्पष्ट छ । विचार र जातित्वको गाठो कसेर नया युग निर्माण गर्ने सङ्कल्पको बाधक तव भूएकत्व होइन । सङ्कल्प र कार्यमा एक नहुदा प्राप्ति एकादेशको कथा पो हुने हो कि ? किन भूएकत्व स्खलन भएर एकताको मुठी खुकुलो भयो ? करोडौ आवाजले रछ्यानमा मिल्काएको निरङ्कुशता नरसागरले किन आना पाइतालामा पुर्याएन ! एकतामा मानवताको, स्वतन्त्रताको नयाागीत गाउन सिकाएको त्यो महान् प्रदर्शनको भाव किन रमिते बनेको छ ? मेरो जातिको के गल्ती थियो र मेरो स्वाभिमानमा पटकपटक हिलो छ्यापिएको छ ।
नेपाली अस्मिताका लागि तराईले उपत्यकालाई कष्ट दिदै हिमाल र पहाडको गौरव मिल्काउन हुादैन । अनि हिमाल, पहाड र तराईका एकतामा मौलाएको हिमाली देशको राष्ट्रिय अखण्डता मौलिक संस्कृति नरसागरका आवाजमा युगयुग बुलन्द हुनैपर्छ । एकतामा नया नेपाल निर्माणसागै राष्ट्रियताको नया गीत गाउन हामीले सङ्कल्प गर्नैपर्छ । खोइ नया नेपालको जगमा राष्ट्रिय एकताको शिला गाडेको ?
महान् क्रान्ति ऊर्जाशील भएर औद्योगिक क्रान्तिका गोरेटामा फट्को मार्न सकेको छैन । विकासले रङ्गाएको भूस्वर्ग किन महान् एकताका मुठीहरूबाट निर्मित भएन ? आस्थाको गीत कतै बेमौसमको वषर्ा हुने त होइन ? प्रश्नसागै मन भन्छ- आस्थागीत बसाइा सर्ने, पोइला जाने, जोइला जाने वा भट्ट िर चोकमा प्रदर्शन गरिने क्षणिक मनोरञ्जनको स्वर होइन । झुण्ड झुण्डले टीका लगाएर अस्तित्वको चीरहरण गर्ने सामन्तीवृत्ति होइन । युगले भन्छ- समय आउाछ, पर्खिंदैन ।
दुबो रोपेर झार मौलायो भने, धान रोपेर सामा फस्टायो भने अनि किसानका पसिनाका गन्धमा पतेराले छेर्यो भने, धानको लहलहाउदो खेतमा सलह पस्यो भने किसानको सपना बााझो धर्तीबाहेक के हुन्छ र ? राहतका हात भनेर आहतको वाण हान्ने संस्कृतिले नयाा नेपालको जग बस्दैन । स्वतन्त्रताका महला पाठहरूमा नीला संस्कृतिका काला यात्राहरू नयाा नेपालका लागि घातक भएका छन् ।
समुद्रपारिका कीराहरू हुन् वा आठोबाट सल्किएका कीराहरू ! तिनीहरूले निर्ममतापूर्वक हाम्रो खेती खान्छन् । ती कीराहरूलाई आनो पेटको स्वार्थबाहेक हाम्रो आसुको अर्थ छैन । हाम्रो भोको पेटमा उनीहरू रिनको करौती रेट्छन्, सेतो बकुल्लोझै माछा कुरेर विकासे खेती भन्दै पुाजीको गन्धेझार रोप्छन् । नीलो आकाशमा नाचेको अभिनय गर्दै गिद्धलेझै हाम्रो लास लुछ्न रुचाउाछन् । हामी काकाकुल भएर पानी खोज्दा खोलो देखाएर बाटो लुकाउछन् । ती आफन्ती भनिएका स्वरमा भाषा भाचिएको छ ! संस्कृति जुठिएको छ र आस्थाको रागमा कैाची लगाइएको छ । किन यसरी लेखिएको हो- नया नेपालको संस्कृति ?
नयाा व्यवस्था र युग निर्माणको गति सैनिक परेडमा फेरिएको गीत होइन, न त शान्तिको लयमा थुनिएका बन्दुकको मौन हेराइ मात्र हो । बन्दुकमा खिया लागेको छैन किनकि पुस्तक बमको आतङ्क सेलाएको छैन । पुस्तक संस्कृतिको विरोधी बन्दुकको युग अन्त्य हुन सकेको छैन । साहूका कपटी तमसुक च्यातिएको अभिनय मात्र गरिएको छ । महिला र पुरुषमा रोपिएको लैङ्गकि युद्धमा नयाा नेपालको खोजी नवशिशुको जन्ममा सार्थक हुन्छ त ?
हिजोको व्यवस्था निरङ्कुश शोषण र नियमहीनताको आडमा टिकेको पाठ नयाा युगनिर्माणमा उठेको युद्धका दुन्दुभिमा पनि जल्न सकेन । नया लेखिदै गरेको पाठ आश्वासन, शोषणको उही रूप नियमहीनतामा साटिनु सङ्क्रमणकालीन पीडा मात्र होइन । आनै हितैषी मित्रलाई हिलो छ्यापेर दुष्ट्याइा र फत्तुरको माला उनेर शोषणको दुर्गभित्र रमाउनेलाई अागालो हाल्नु ममताको यात्रा होइन ।
युद्ध सहज नभएर होला अहिले असहज परिस्थितिको सिर्जना भएको । मेरो लोलीमा झार गोड, बोट हुर्काऊ भन्ने लय गुन्जिएको युगौ भयो । अहिले मेरो लोलीको बोट काट भन्दै मेरो लयमा धावा बोलिएको छ । फलका लागि बोट संरक्षण गर भन्ने मेरो लय पनि पुरानो राग मात्र भएको छ । भत्किएको लोली निर्मित गर्ने सङ्कल्पमा म वर्तमान पढ्न उत्सुक भएको छु । यो बोल शोषक सत्ताको होइन, न त सामन्ती राग नै हो । अब यो बोलीमा माली बन घाती होइन, वर्ग बन जाति होइन भन्ने लय पनि गुन्जिन्छन् । यो बोली कुनै जातित्वको प्रगति निमोठ्ने नभई उन्नतिमा डोर्याउने लोली हो । हे नया नेपाल ! के मेरो लोलीबोलीमा जातीय दमनको उन्माद छ ?
समयले पढाएको यो पाठ नया नेपालको फेदीमा बसेर मनन गर्दा म तीन हजार चौसठ्ठी सालमा पुगेको छु । सय वर्षपछिको नेपाली गौरवमा खुसीको सुस्केरा साट्दा अहिलेको बेथितिमा थितिको सभ्यता मुस्कुराएको छ । अहिलेको पाठमा आस्था भन व्यक्ति होइन भन्ने आवाज हराएर व्यक्ति भन आस्था होइन भन्ने बोलीमा कहा विचार संश्लेषण हुन्छ र ? नया नेपालका फेदीमा विचार संश्लेषण गर्न रोपिनुपर्छ- विचारका अनेक बिरुवा र हुर्काउनुपर्छ फुलबारीको सिङ्गो उद्देश्य । विविध फूलका सुवासमा मगमगाएको नेपाली चिनारी अमर रहोस् ।
- कीर्तिपुर