अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
सरकार चलाउने बन्यो संयन्त्र
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, कात्तिक १७ गते । सरकारका प्रमुख घटक नेकपा -माओवादी) र नेकपा -एमाले)ले सरकार सञ्चालन र दुई पार्टीको सम्बन्ध विस्तारका लागि साझा संयन्त्र निर्माण गरेका छन् ।

दुई पार्टीका शीर्ष नेतृत्वको आइतबार बसेको बैठकले सो संयन्त्र निर्माण गरेको हो ।

माओवादीका केन्द्रीय सदस्य दीनानाथ शर्माका अनुसार सो संयन्त्रमा माओवादीका तर्फबाट मोहन वैद्य 'किरण'को नेतृत्वमा डा. बाबुराम भट्टराई, प्रवक्ता कृष्णबहादुर महरा, सचिवालय सदस्यद्वय देव गुरुङ र वर्षमान पुन तथा केन्द्रीय सदस्य दीनानाथ शर्मा रहनुभएको छ ।

यस्तै एमालेको तर्फबाट सो संयन्त्रमा पूर्वमहासचिव माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी सदस्यत्रय वामदेव गौतम, केपी शर्मा ओली र भरतमोहन अधिकारी तथा केन्द्रीय सदस्यहरू विद्या भण्डारी र भीम रावल रहनुहुने भएको छ ।

संयन्त्रको आइतबार बसेको बैठकले धादिङ तथा ताप्लेजुङमा दुई पार्टीका कार्यकर्ताबीच भएको झडपका बारेमा छानबिन गरी प्रतिवेदन पेस गर्न दुवै दलका केन्द्रीयस्तरका नेता रहेको दुईवटा छानबिन कमिटी गठन गरिएको एमाले केन्द्रीय सदस्य भीम रावलले बताउनुभयो ।

धादिङ घटना छानबिन गर्न गठित समितिमा माओवादीका तर्फबाट पोष्टबहादुर बोगटी र अग्नि सापकोटा तथा एमालेका तर्फबाट केशव बडाल र प्रदीप ज्ञवाली रहनुभएको छ । यस्तै ताप्लेजुङ घटनाका बारेमा छानबिन गर्न गठित समितिमा माओवादीका तर्फबाट हरिबोल गजुरेल र राम कार्की तथा एमालेका तर्फबाट राजेन्द्र पाण्डे र नरेश खरेल रहनुभएको छ ।

समितिले घटनाको छानबिन गरी सात दिनभित्र संयन्त्रमा प्रतिवेदन बुझाउने संयन्त्रका सदस्य दीनानाथ शर्माले बताउनुभयो ।

समितिको आइतबारै बसेको पहिलो बैठकले नेपाली काङ्ग्रेसलाई माओवादी लडाकु समायोजन विशेष समितिमा ल्याउन दुवैतर्फबाट पहल गर्ने निर्णय गरेको छ ।

संयन्त्र सञ्चालनको कार्यविधिका बारेमा छलफल गर्न सोमबार दिउँसो ३ बजे संयन्त्रको बैठक डाकिएको छ ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home