अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
सरकारमा आउन काङ्ग्रेसलाई आग्रह
गोरखापत्र समाचारदाता
 

काठमाडौ, कात्तिक ४ गते । नया सरकार गठनपछि विदेश भ्रमण गरी अन्तर्राष्ट्रियजगत्मा नेपालको अवधारणा स्पष्ट गर्नमा व्यस्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले जनतालाई अनुभूति हुने गरी आन्तरिक परिवर्तन गर्न र राजनीतिक समझदारी बढाउन दलका शीर्ष नेताहरूसागको छलफललाई तीव्रता दिनुभएको छ ।

यसै क्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाई भेटी नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

साथै प्रधानमन्त्रीले शान्तिप्रक्रियालाई अगाडि बढाउन तथा सरकार सञ्चालनका लागि गठन गर्ने भनिएका विशेष समिति गठन तथा जनतालाई अनुभूति दिने खालका काम गर्ने विषयमा नेकपा -एमाले)का महासचिव झलनाथ खनालसाग परामर्श गर्नुभएको छ ।

सोमबार अपराहृन कोइराला निवास महाराजगन्जमा प्रधानमन्त्री प्रचण्ड र कोइरालाले भेट गरी करिब आधा घण्टा राजनीतिक परामर्श गर्नुभएको थियो ।

भेटपछि पत्रकारहरूसाग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक संवैधानिक तथा राजनीतिक आयोगहरू बनाउन लागेको हुादा नेपाली काङ्ग्रेससाग समझदारी हुनुपर्ने र त्यसका लागि नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुनु आवश्यक रहेको कुरा कोइरालासाग राखेको बताउनुभयो ।

जवाफमा कोइरालाले तत्काललाई नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुने सोच नभएको र सरकारबाहिर बसेर पनि समझदारी बन्नसक्ने बताउनुभएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्रीले नेपाली काङ्ग्रेसलाई 'रिजिड' नहुन र लचिलो बस्न आग्रह गर्दै सबै कुरा समझदारीबाट गर्न आफू तयार रहेको बताएको पनि पत्रकारहरूलाई जानकारी दिनुभयो ।

त्यस्तै आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले सम्बोधन गर्नुपर्ने सबै कुरा गरेको र त्यसबाट आफू सन्तुष्ट भएको जानकारी गराएको प्रचण्डले बताउनुभएको थियो । यसबीचमा देशभित्रका विषयमा धेरै काम गर्न नसकेको र अब त्यसतर्फ आफूले ध्यान दिने र त्यसका लागि गिरिजाप्रसाद कोइरालाको सहयोग आवश्यक भएको पनि आफूले बताएको पत्रकारहरूलाई जानकारी गराउनुभयो ।

उहााले भेटका क्रममा कोइरालालाई उहााले शान्तिप्रक्रियाको सुरुदेखि संविधानसभाको निर्वाचनसम्म महìवपूर्ण भूमिका खेलेको स्मरण गराएको र त्यस बेला बनेको महìवपूर्ण समझदारीलाई संविधान लेखन नभएसम्म कायम राख्नुपर्ने कुरा पनि राखेको बताउनुभयो ।

यसैबीच सोमबारै नेकपा -एमाले)का महासचिव झलनाथ खनाल तथा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसाग पनि प्रधानमन्त्री प्रचण्डले प्रम निवास बालुवाटारमा भेट गर्नुभयो ।

भेटमा भोलिबाटै राज्य सञ्चालन विशेष समिति बनाउने, सरकारलाई यसै साताभित्र पूर्णता दिने तथा नेकपा -एमाले) र नेकपा -माओवादी)का भ्रातृ सङ्गठनबीच भएका झडपका घटना दोहोरिन नदिन नेतृत्व तहले उच्च सतर्कता अपनाउने विषयमा समझदारी भएको बताइएको छ ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home