महेन्द्रनगर, कातिक २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस सरकारमा आउने सम्भावना बढेको बताउनुभएको छ । शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासाग राजधानी फर्केर भेट गरी सरकारमा आउन अनुरोध गर्ने बताउनुभएको छ ।
काङ्ग्रेसले सरकारमा नजाने अडान लिइरहेको बेला गिरिजाप्रसाद कोइराला बीसबाट उन्नाइसतिर लाग्नुभएको र कोइरालासागको भेट सरकारमा सामेल गराउने विषयमा केन्दि्रत रहनेसमेत उहााले बताउनुभयो ।
नेकपा -माओवादी) पार्टीको नाम परिवर्तन गर्ने विषयमा पार्टीस्तरकै वरिष्ठ नेताबाट विरोध भइरहेको बेला प्रचण्डले यो कुनै चर्चाको विषय नभएको बताउनुभयो । सबै कम्युनिस्ट पार्टी एक हुनुपर्छ भन्ने पार्टीको पुरानो धारणा रहेको उहााले बताउनुभयो ।
सेना समायोजनमा काङ्ग्रेसले विरोध गरिरहेको भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उहााले विस्तृत शान्तिसम्झौताको आधार र विशेष समिति बनाएर समायोजन गरिने बताउनुभयो । शान्तिसम्झौतामा गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेकाले सेना समायोजनको विषयमा बखेडा गर्नु औचित्य नभएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
सुदूरपश्चिम औद्योगिक व्यापारमेला तथा कञ्चनपुर महोत्सव उद्घाटन गर्न महेन्द्रनगर आउनुभएका प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको भ्रमणबाट आफू ज्यादै उत्साहित भएको र आर्थिक विकासको नयाा प्याकेजमा सुदूरपश्चिमलाई ल्याइने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले शनिबार बाढीपीडित, उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता, कर्मचारीहरूसाग भेट गर्नुभएको छ ।
यसै क्रममा नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले डेढ वर्षदेखि माओवादी कार्यकर्ताबाट बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरीको यथाशीघ्र खोजी गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई शनिबार ज्ञापनपत्र बुझाएको छ । साथै पत्रकार ठकुरीको परिवारलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसाग माग गरिएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले विभिन्न सरकारी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरूलाई परिवर्तन प्रक्रियालाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । देशमा राजनीतिक परिवर्तन भए पनि कार्यशैली व्यवस्थापन र कार्यान्वयनका दृष्टिकोणले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको उहााको भनाइ थियो । चााडै सरकारले परिवर्तनलाई आत्मसात् गर्ने ढङ्गको कार्ययोजना बनाउने प्रधानमन्त्री प्रचण्डले खुलासा गर्नुभयो ।
पहिलोपटक कञ्चनपुर आउनुभएका प्रधानमन्त्रीलाई आˆना समस्या राख्नेहरूले बिहानैदेखि ज्ञापनपत्र र मौखिक अवगत गराएका छन् । शनिबार प्रधानमन्त्रीलाई दुई दर्जनभन्दा बढी सङ्घसंस्था र व्यक्तिले ज्ञापनपत्र बुझाएका छन् । पत्रकार महासङ्घ, एमाले कञ्चनपुर, बाढीपीडित, विश्वविद्यालय स्थापनार्थ समिति, द्वन्द्वपीडित, नेपाल किसान सङ्घ, मुक्त कमैयालगायतका दुई दर्जनभन्दा बढी सङ्घसंस्थाले ज्ञापन बुझाएका छन् ।
"चााडै तपाईंहरू सरुवामा पर्नुहुन्छ", कर्मचारीलाई निर्देशन दिादै उहााले भन्नुभयो, "जहाा सरुवा भए पनि जनतालाई परिवर्तनको अनुभूति दिलाउनुहोस् ।"
प्रधानमन्त्री प्रचण्डले चााडै सरकारले योजना निर्माणमा केन्दि्रत हुने भएकाले राष्ट्रिय सङ्कल्पका साथ काम गर्ने कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहााले भन्नुभयो, "परिवर्तन संस्थागत भइनसकेकाले राष्ट्रलाई कमजोर पार्न कुनै न कुनै षड्यन्त्र हुन सक्छन् ।" यो संवेदनशीलतालाई सबैले बुझ्नुपर्नेमा जोड दिादै प्रधानमन्त्री प्रचण्डले नबुझे राष्ट्रमा समस्या आउनसक्ने बताउनुभयो ।
वर्तमान सरकारलाई आˆना कुरा भन्न कुनै पनि राष्ट्रबाट दबाब नभएको उल्लेख गर्दै उहााले भन्नुभयो, "विगतका सरकारहरूलाई कुनै न कुनै ठाउामा दबाब रहेको थियो ।"