काठमाडौ, असोज २५ गते । विदेश भ्रमण र दसैको चटारो केही कम हुने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक भेटघाट सुरु गर्नुभएको छ ।
यसै क्रममा प्रचण्डले शानिबार नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाललाई भेटगरी राजनीतिमा सक्रिय रूपमा लाग्न आग्रह गर्नुभएको छ ।
भेटका क्रममा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणका बारेमा जानकारी गराउनु भएको पूर्वमहासचिव नेपालले गोरखापत्रलाई बताउनुभयो ।
साथै, भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले एकबद्ध भएर अगाडि जानुपर्ने कुरामा जोड दिनुभएको पनि नेपालले बताउनुभयो । तर उहााले प्रधानमन्त्रीले अघि सारिएको भनिएको तीन विकल्पका बारेमा केही बोल्न चाहानु भएन ।
भेटपछि पत्रकारहरूसाग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाललाई संविधानसभामा सक्रिय भूमिका निर्वाह गर्न आउनुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।
शनिबार भेटका लागि नेता नेपालको निवास कोटेश्वर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उहाालाई संविधान मस्यौदा समितिको संयोजक वा सरकार सञ्चालनका लागि छिट्टै गठन गर्न लागिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रमुखको जिम्मेवारी लिन वा उप-निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको सम्बद्ध स्रोतले बताएको छ ।
भेटमा प्रधानमन्त्रीले आफूले अघि सारेका तीनवटा विकल्प मध्ये कुनै एउटा विकल्पमा सहमत हुन आग्रह गर्नुभएको र जवाफमा नेपालले आफूले पार्टीमा छलफल गरी यस विषयम निर्णयमा पुग्ने बताउनुभएको सम्बद्ध स्रोतले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सद्भावना पार्टी आनन्दीदेवीकी महासचिव सरिता गिरीसाग भेट गर्नुभई देशको समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको थियो ।
सो भेटमा महासचिव गिरीलाई सरकारमा आउन आग्रह गर्नुभएको स्रोतले जनाएको छ । सो अवसरमा महासचिव गिरीले कात्तिक १ देखि ३ गतेसम्म हुने पार्टीको महाधिवेशनमा सहभागी हुन निम्तो दिएको थाहा भएको छ ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले शनिबार नेकपा -एकता केन्द्र मसाल) का महासचिव नारायणकाजी श्रेष्ठ -प्रकाश) साग पनि भेट गर्नुभएको छ ।
भेटका क्रममा नेकपा माओवादी र नेकपा -एकता केन्द्र मसाल)बीच पार्टी एकीकरणका विषयमा छलफल भएको र अब छिट्टै नै एकीकरण प्रक्रिया अघि बढ्ने भेटपछि एकता केन्द्र मसालका महासचवि प्रकाशले पत्रकारहरूलाई बताउनुभयो ।
तर उहााले नेकपा माओवादीको केन्द्रीय समितिको बैठकबाट यस विषयमा सहमति आएको र अब आफ्नो पार्टीमा पनि छलफल गरेर अगाडि बढ्ने बताए पनि एकीकरणको मितिबारे उहााले स्पष्ट गर्नुभएन ।
यसअघि संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा माधवकुमार नेपालले काठमाडौा र रौतहटका दुईवटा निर्वाचन क्षेत्रबाट पराजय व्यहोर्नु परेपछि उहााले उपनिर्वाचनमा सहभागी हुने सोच नबनाउनु भएको र त्यसको साटो अन्य दुईवटा विकल्पमा सहमत हुनसक्ने सम्बद्ध स्रोतले जनाएको छ ।
माधवकुमार नेपालले प्रचण्डलाई यसअघि दलहरू बीच भएका सहमतिहरूको कार्यान्वयन गर्न पटक-पटक आग्रह गर्दै आउनुभएको र सहमतिको कार्यान्वयनबाटै दलहरू बीचका सम्बन्ध गहिरो हुने बताउादै आउनुभएको छ ।