अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
संविधान लेखन नै मुख्य काम
गिरिश पोखरेल
 

न्युयोर्क, असोज १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूहरूका लागि सरकार सञ्चालनभन्दा ठूलो काम संविधान लेखन भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले न्युयोर्कमा रहेका नेपाली समुदायका विभिन्न सङ्घसंस्थाद्वारा शनिबार दिउसो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

संविधानसभामा आदिवासी जनजाति, दलित, महिला, कमैयाजस्ता समुदायबाट समेत प्रतिनिधित्व भएको बताउदै प्रधानमन्त्री दाहालले आफूहरूको प्रयास सबैभन्दा जनपक्षीय संविधान लेखनमा केन्दि्रत भएको जानकारी दिनुभयो । साठी वर्षपछि नेपाली जनता संविधानसभामा आइपुगेको उल्लेख गर्दै उहाले यतिबेला नेपाल दुर्घटनामा पर्नसक्ने जोखिम पनि उत्तिकै रहेको बताउनुभयो ।

नेपालको शान्ति प्रक्रिया आˆनैखालको भएको उहाको भनाइ थियो । संयुक्त राष्ट्रसङ्घका महासचिवसित आˆनो कुरा हुदा पनि त्यही कुरा उठाएको उहाले जानकारी दिनुभयो । "पहिलेको नक्कल हुनेवाला छैन । नेपालको शान्ति प्रक्रिया आफ्नै खालको छ । राष्ट्रसङ्घका महासचिवसाग कुरा हुदा पनि मैले त्यही भने । नेपाल नेपाल नै हुनसक्छ, अरू हुन सक्दैन ।"

प्रधानमन्त्रीले भन्नुभयो, "हामी शान्तिको नया मोडेल बनाउन गइरहेका छौ । हामी दक्षिण एसियामा मात्र होइन संसारमै शान्तिको नया मोडल तयार गर्ने पक्षमा गइरहेका छौ ।"

जनताको छोरोको हैसियतले आˆनो कुनै स्वार्थ नभएको उहाले प्रस्ट पार्नुभयो । नेपालको आर्थिक समृद्धिका लागि, शान्तिलाई दिगो बनाउन र संविधान ठीक समयमा लेख्नका लागि आर्थिक विकास सुरु हुनुपर्छ भनेर अन्तर्राष्ट्रिय समुदायसित पनि भनिसकेको उहाले बताउनुभयो । आर्थिक समृद्धिबिना नया नेपाल बन्न नसक्ने उहाले दोहोर्‍याउनुभयो । दुई वर्षको समय छोटो भए पनि यही समयमा नेपालमा नया कुरा सुरु हुनेमा विश्वास गर्न उहाले आग्रह गर्नुभयो ।

भावी दिनमा नेपाल कता जाने भन्ने बाटो संविधानसभाले कोर्ने उहााले बताउनुभयो । दसवर्षे जनयुद्ध सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गलाई अधिकारसम्पन्न बनाउन लडिएकाले नै अहिले संविधानसभा सबैभन्दा लोकतान्त्रिक बनेको उहाको दाबी थियो । नेपाल भौगोलिक आधारमा सानो भए पनि सांस्कृतिक, भाषिक हिसाबमा ठूलो भएको उहाको भनाइ थियो । संविधानसभाले मुलुकलाई सङ्घीयतामा लैजाने प्रस्ट गर्दै उहाले 'सङ्घीयताका बारेमा अमेरिकामा पनि छलफल हुनु जरुरी छ' भन्नुभयो ।

हिमाली स्वायत्ततासम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्रीले प्रतिप्रश्न गर्नुभयो- 'ताप्लेजुङदेखि हुम्लासम्म एउटै प्रदेश बनाउने हो भने त्यसलाई कसरी चलाउन सक्नुहुन्छ ? त्यहाका जनताले के फाइदा पाउाछन् ?' अधिकारका लागि लड्नेहरूले सङ्घीयताका बारेमा बडो गम्भीर हुनुपर्ने उहाको आग्रह थियो । "मधेस एउटै हुनुपर्छ, पहाड एउटै हुनुपर्छ, हिमाल एउटै हुनुपर्छ भन्न थालियो भने त्यसको परिणाम के हुन्छ ?" उहाले प्रश्न गर्नुभयो ।

अमेरिकामा बस्ने नेपालीहरूको ठूलो ऐतिहासिक जिम्मेवारी रहेको उहााको धारणा थियो । "जनजाति, दलित, महिला, बुद्धिजीवी सबैको मिहिनेतले यस्तो संविधान बनाउFm जसले संसारभरिका नेपालीलाई एउटै सूत्रमा बाध्न सकोस् र सबैलाई नेपाली हुनुको गौरवबोध गराउन सकोस् र नेपाललाई समृद्धितिर डोर्‍याउन सकोस्", प्रधानमन्त्रीले भन्नुभयो । अमेरिका जस्तो शक्तिशाली देशमा बस्ने नेपालीले यस प्रक्रियामा धेरै महìवपूर्ण भूमिका खेल्न सक्ने उहाको धारणा थियो ।

अमेरिकाका 'थिङ्क ट्याङ्क'हरूले विगतमा माओवादीलाई राजासित मिल्नुपर्छ भनेर खुलेआम भन्ने गरेको खुलासा गर्दै उहाले भन्नुभयो, "तर नेपाली जनताले देखाइदिए, नेपाली जनताले आफै इतिहास निर्माण गरे ।"

भन्नेहरूले सात दल र माओवादीको संयुक्त आन्दोलन तुहिन्छ भनेको स्मरण गर्दै उहाले आफूलाई संसारको शक्तिशाली ठान्नेहरूले माओवादीले नै संविधानसभा भाड्छन् भनेर आरोप लगाएको पनि उल्लेख गर्नुभयो । "तर चुनाव पनि शान्तिपूर्ण भयो । अमेरिकामा बसेका केही व्यक्तिले माओवादीको एक सिट पनि आउदैन भनेको पनि मैले सुने । दुनियाका ठूला-ठूला 'थिङ्क ट्याङ्क'हरूले माओवादीको ३० सिटभन्दा बढी आउदैन भन्थे" प्रचण्डले भन्नुभयो ।

चुनावमा जनताले माओवादीलाई शान्ति, परिवर्तन र सरकारको नेतृत्व गर्ने मात्र होइन सबै दललाई मिलाएर हिडाउनुपर्ने जिम्मेवारी दिएको उहााले बताउनुभयो । "हामीलाई फेरि जङ्गलमा नजाने भारी नेपाली जनताले भिराइदिएका छन् । नेपाली जनता यति चेतनशील भएका छन् कि माओवादीलाई शान्ति, परिवर्तन र सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिए । माओवादीले नै सबैलाई मिलाएर हिडाउनुपर्ने जिम्मेवारी दिए । जसबाट दुनिया छक्क परेको छ", उहाले भन्नुभयो ।

अधिकारको खोजीसाग कर्तव्य निर्वाहलाई गासिएन भने त्यो अधिकार अधिकार नभई अराजकता हुने प्रधानमन्त्रीको भनाइ थियो । पूर्व अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेजस्तै अब 'हामीलाई राष्ट्रले के दियो भनेर होइन हामीले राष्ट्रलाई के दियौ' भनेर सोच्न जरुरी भएको उहाले बताउनुभयो ।

यतिबेला नेताहरूलाई गाली गर्ने 'फेसनै' आएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, "नेतृत्व गर्ने कुरा चुनौतीपूर्ण छ । जबसम्म जनता गतिलो हुादैनन् तबसम्म नेता पनि गतिलो पाउन सकिादैन । जनताले नेता जन्माउने हो ।" नेपाली जनतामा विकसित नौलो चेतनाले नया-नया नेता जन्माएको उहाको विश्लेषण थियो ।

तीन वर्ष अघिसम्म राजतन्त्र सिद्धिन्छ भनेर सपनामा पनि सोच्न नसक्ने नेताहरू जनता गणतन्त्रवादी भएपछि अहिले महागणतन्त्रवादी बनेको उहाको भनाइ थियो । अहिले संसारमा नेपालको ठूलो चर्चा भइरहेको जानकारी उहााले दिनुभयो । "अन्तर्राष्ट्रिय क्षेत्रमा जहा जादा पनि नेपाललाई सम्मानका साथ हेरिन्छ । त्यसमा पनि मलाई त हिजो राक्षस ठानेका थिए तर अहिले म आफै उपस्थित भएपछि मान्छेहरूलाई अनौठो पनि लागेको छ", उहाले भन्नुभयो ।

कार्यक्रममा आयोजक नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष नेपालका विभिन्न विषयमा चासो राखे ।

शनिबार सााझ नै प्रधानमन्त्रीले क्यानाडा तथा अमेरिकाका विभिन्न भागबाट न्युयोर्क आएका र अमेरिकामा रहेका नेपाली बुद्धिजीवीहरूसाग अन्तरक्रिया पनि गर्नुभयो ।

भेलामा चार सयभन्दा बढी नेपालीको सहभागिता थियो ।

प्रधानमन्त्रीका साथमा पत्नी सीता दाहाल र भ्रमण दलका अन्य सदस्यहरूको सहभागिता थियो ।

प्रधानमन्त्री स्थानीय समय अनुसार ९ बजे न्युयोर्कबाट प|m्याङ्कर्फटका लागि प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home