अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
सुदूरपश्चिममा बाढी पहिरो, राहत र उद्धार सुरु
प्रकाशविक्रम शाह/कैलाली
 

भजनी (कैलाली), असोज ६ गते । कैलाली जिल्लाका मौसम अनुकूल बनेकोले सोमबारदेखि बाढीपीडितलाई उद्धार गर्ने र राहत दिने कार्य सुरु भएको छ । डुबानमा परेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, जनमुक्ति सेना, युथ फोर्स र स्थानीय क्लबहरु सक्रिय भएका छन् ।

सोमबार बिहान श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्ट र कैलाली, कञ्चनपुरका सभासद्सहितको टोली पनि उद्धार तथा राहत वितरण गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।

सोमबार बिहान र दिउसो गरेर १२५ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा थापापुरको काडाढिक र कृष्णनगरका एक सयजना छन् । यस्तै गरेर लालबोझी-८ कौवाखेडाका २५ जनाको पनि सोमबार बिहान उद्धार गरिएको थियो ।

उद्धार गरिएका थापापुर-९ काडाढिकका राजबहादुर शाहका अनुसार बाढीपीडितहरुले तीन दिनदेखि खान पाएका छैनन् । आफूहरु टायलले छाएको घरमाथि बसेर बााच्न सफल भएको उहााले बताउनुभयो । घरमाथि चढ्न खोज्दा शाहका छोरा गोविन्दको खुट्टा भाचिएको छ । गोविन्दलाई बुबाआमासहित उपचारका लागि हेलिकोप्टरबाट धनगढी ल्याइएको छ ।

सोमबार नै विभिन्न सङ्घसंस्थाद्वारा प्रदान गरिएको राहत सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट लगेर थापापुर, भजनी र लालबोझीका विस्थापितलाई वितरण गरिएको छ । राहत सामग्री लैजान सोमबार तीन पटक हेलिकोप्टर परिचालन गरिएको थियो ।

जनमुक्ति सेनाको साताै डिभिजनका सहकमान्डर जीवनको नेतृत्वमा ५५० जनाको टोली डुबानमा परेकाहरुको उद्धारका लागि भजनी, थापापुर, नारायणपुर, रतनपुर, पहलमानपुर र लालबोझी पुगेको छ । माओवादी सेनाले बाढीपीडितहरुलाई दुई लाख नगद, एक सय क्विन्टल चामल र ६० क्विन्टल चिउरा वितरण गरेको छ ।

यस्तै गरेर वल्र्ड भिजनले बाढीपीडितका लागि तीन लाख रूपियाा बराबरको ५० क्विन्टल चिउरा, १० क्विन्टल चिनी र ५० कार्टुन चाउचाउ दिएको वल्र्ड भिजनका टिमलिडर लक्ष्मेश्वर महतोले बताउनुभयो ।

डुबानमा परेका विस्थापितलाई भजनीस्थित मोहन्याल उच्च माविमा राखिएको छ । मोहन्यालमा भजनी, लालबोझी, थापापुर र खैलाडका पााच सय विस्थापित बसेका छन् । विस्थापित भएर आउनेको सङ्ख्या बढ्दै गएको माओवादीका भजनी क्षेत्र इन्चार्ज ऋषिराज विनाडीले बताउनुभयो । विस्थापित बसेकाले मोहन्याल उच्च माविको पठन-पाठन आइतबारदेखि बन्द छ ।

भजनीका स्थानीयबासी सिद्धराज जैसीका अनुसार दर्जनौा गाउाका विस्थापितलाई अझै उद्धार गर्न र राहत वितरण गर्न सकिएको छैन । उद्धार हुन नसकेकाहरु उच्चो जमिन, आफन्त र सार्वजनिक स्थलमा बसिरहेका छन् भने कतिपय उद्धार हुने आशामा घरमाथि बसिरहेका छन् ।

शुक्रबार, शनिबार र आइतबार लगातार तीन दिन परेको अविरल वषर्ाले बढेको पानीको सतह अहिलेपनि घटेको छैन । अहिले पनि भजनी, लालबोझी, खैलाड, थापापुर, रतनपुर, पबेरा, बसौटी, नारायणपुर, धनसिंहपुर र गदरियालगायतका दर्जनौा गाविसका सयौ गाउ डुबानमा छन् ।

सोमबारको राहत तथा उद्धार कार्यमा मन्त्री, सभासद्सागै नेपाली, काङ्ग्रेस, नेकपा-एमाले)का स्थानीय नेता, नेपाली सेनाका अधिकृत, जवानलगायतको सहभागिता रहेको थियो ।

मृतक सङ्ख्या १३

कैलालीमा बाढीमा परेर मर्नेको सङ्ख्या १३ मात्र रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । जिल्ल्ाा प्रशासन कार्यालयका अनुसार अहिलेसम्म २८ जना बेपत्ता छन् भने १३ जना घाइते भएका छन् ।

त्यस्तै नौ हजार घरपरिवारका ५० हजारजना विस्थापित भएका छन् । अहिलेसम्म एक हजार पाच सय घर भत्किएको जानकारी नेपाल रेडक्रस सोसाइटीले दिएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुरमा सडक बग्दा चार दिनदेखि ठप्प यातायात सेवा झन् ठप्प हुन पुगेको छ । पहलमानपुरबाट पूर्व वा पश्चिम जान बस परिवर्तन गर्नुपर्ने अवस्था छ । बगेको सडकमा काठ राखेर पैदल हिडेर आवतजावत गर्ने व्यवस्था स्थानीयवासीले गरेका छन् ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home