अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
दमकल हटाएर मिनी थ्रीएटर
सरोजकुमार आचार्य
 

काठमाडौं, असार २९ गते। जुद्ध सडकमा जुद्ध वारुणयन्त्र रहेको कार्यालयलाई सारेर काठमाडौं महानगरपालिका कार्यालयले त्यहाँ मिनि थिएटर बनाउने भएको छ। आन्तरिक तथा बाहृय पर्यटक प्रवर्द्धनका लागि यो बाहेक हनुमानढोका प्रहरी वृत्तलाई जिल्ला अदालत रहेको बबरमहलमा स्थानान्तरण गरिने भएको छ।

वसन्तपुरस्थित नव आदर्श मावि रहेको भवनमा नेवाः संग्रहालय बनाइने योजना तयार पारिएको छ। योजनासहित काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले यसका लागि ५० लाख रुपियाँ बजेट महानगरपालिकाले छुट्याएको र अन्य सम्पदा संरक्षणसम्बन्धी कार्यरत पुरातत्व विभाग, गुठी संस्थान तथा क्षेत्र विकास समिति लगायतका निकायलाई रकम सहयोग गर्न आहृवान गर्नुभयो।

यसैक्रममा टेकू दोभानदेखि थापाथली बागमती किनारका जीर्ण सम्पदाको पुनःनिर्माण तथा विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, पशुपति, हनुमानढोका लगायत उपत्यकाका अन्य क्षेत्रमा पर्यटकीय नगर बस सञ्चालन गर्न लागिएको जानकारी उहाँले दिनुभयो। नगर बसलाई विशेष सहुलियतसहित कसरी सञ्चालन गर्ने भन्ने विषयमा शुक्रवार सुरक्षा निकाय, स्थानीय पूर्व जनप्रतिनिधि तथा स्थानीय दलका नेताबीच छलफल भयो।

सो अवसरमा बोल्दै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले मास्कोको सेन्ट पिटर्सवर्गमा भएको युनेस्कोको बैठकले सन् २०१३ को फेब्रुअरीसम्म विश्व सम्पदामा सूचीकृत क्षेत्रमा सुधार नआए सो सूचीबाट हटाउने चेतावनी दिएको बताउँदै टेकू दोभानबाट त्रिपुरेश्वर, थापाथली क्षेत्रका सम्पदा संरक्षण आवश्यक रहेको बताउनुभयो।

पर्यटक प्रवर्द्धनका लागि विष्णुमती नदी किनारमा महानगरको मुख्य सवारी पार्किङ स्थल खडा गरी प्राचीन नगरी काठमाडौंमा पर्यटकको बसोवास वृद्धि गर्ने लक्ष्य कार्यान्वयनमा रहेको कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताउनुभयो।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले पर्यटकका लागि हनुमानढोका क्षेत्रका पचासौं मठ मन्दिर बिहानदेखि मध्याहृनसम्म खोल्न लागिएको बताउनुभयो। यसको प्रवर्द्धनका लागि त्रिभुवन विमानस्थल, पशुपति तथा बौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा पार्किङ शुल्क महानगरपालिकाबाटै संकलन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भयो।

भक्तपुर नगरपालिकाका कार्यकारी राममणि भट्टराई, हनुमानढोका दरबार प्रमुख सरस्वती सिंह, पुरातत्वका महानिर्देशक भेषनारायण दाहाल, प्रहरी आयुक्त विकास श्रेष्ठ, मीठाराम पुडासैनी, गुठी संस्थानका प्रदीप लामा लगायतका व्यक्तित्व बैठकमा हुनुहुन्थ्यो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home