अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २३ गते। सहकारी अगुवाहरूले गरीबी न्यूनीकरणको उपयुक्त माध्यम सहकारी हो भन्दै यस क्षेत्रलाई आर्थिक विकासको एक बलियो खम्बाका रूपमा विकास गरिनुपर्ने कुरामा जोड दिएका छन्।

नब्बेऔं अन्तर्राष्ट्रिय सहकारी दिवस, अठारौं संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय सहकारी दिवस तथा उन्नाइसौं राष्ट्रिय सहकारी सङ्घ दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा अगुवाहरूले आर्थिक समृद्धिको महìवपूर्ण माध्यम सहकारी भएकोले यसलाई बलियो बनाउनुपर्ने बताएका हुन्। उहाँले सहकारी अभियानलाई व्यवस्थित गर्न नीति निर्माण तथा सुधार जरुरी रहेको भन्दै त्यसका लागि मन्त्रालय गृहकार्यमा लागिरहेको जानकारी दिनुभयो।

सहकारी तथा गरीबी निवारणमन्त्री एकनाथ ढकालले समुदायलाई आर्थिक रूपमा सबल, सामाजिक रूपले जिम्मेवार बनाउन सहकार्यलाई अघि बढाउनुपर्ने भन्दै त्यो सहकार्यको माध्यम नै सहकारी भएको बताउनुभयो।

राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले उत्पादन क्रियाकलापमा समुदाय सहभागी नहुँदासम्म समावेशी अर्थतन्त्रको पाटो अघि नबढ्ने भन्दै सहकारीमार्फत आर्थिक समन्वयको आधार तयार गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले स्थानीयस्तरमा आर्थिक उपार्जन, गरीबी न्यूनीकरण, सामाजिक सद्भावको माध्यम सहकारी हो भन्दै यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने खाँचो औंल्याउनुभयो।

प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले न्यायपूर्ण, समतामूलक, समृद्ध समाज निर्माणमा सहकारीको भूमिका महìवपूर्ण हुने भएकाले यस क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो।

सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव केशव भट्टराईले सरकारले सहकारीलाई पनि मुलुकको आर्थिक विकासको माध्यम बनाएकोले यस क्षेत्रलाई व्यवस्थित बनाउने र जनसहभागिता बढाउने काम गर्नुपर्ने खाँचो रहेको बताउनुभयो।

पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहकारीले गरीबी न्यूनीकरणमा महìवपूर्ण भूमिका खेल्ने भन्दै सहकारीमैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो।

नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष गणेश बस्नेतले सरकारले सहकारीलाई अनुदान दिन बनाइएको कार्यविधि अव्यावहारिक रहेको भन्दै त्यसमा सुधार गर्न सरकारसँग आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सहकारी संघका सल्लाहकार डा. हरिकृष्ण उपाध्याय, सञ्चालक रवीन्द्र केसीलगायतले सहकारी ग्रामीण अर्थतन्त्र विकासको प्रमुख माध्यम हो भन्दै सरकारीप्रतिको राज्यको दृष्टिकोणमा परिवर्तन जरुरी रहेको बताएका थिए।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home