काठमाडौँ, असार २३ गते। यो साता डलरको तुलनामा भारतीय मुद्रा -भारु)मा आएको उतारचढावको प्रभाव नेपालको सुन बजारमा पनि पर्यो । आइतवारदेखि शुक्रवारसम्ममा नेपाली बजारमा चारपटक सुनको मूल्यमा उतारचढाव आयो।
आइतवार बजार खुल्दा प्रतितोला ५६ हजार सात सय रुपियाँ रहको छापावाल सुनको मूल्य सोमवार रु. प्रतितोला रु. एक सयले घटेर ५६ हजार छ सय रहन पुग्यो।
मंगलवार सुनको मूल्यमा कुनै परिवर्तन भएन तर बुधवार पुनः तोलामा तीन सयले घटेर रु. ५६ हजार तीन सय कायम रहन पुग्यो। आइतवार लगातार रूपमा ओरालो लगेको सुनको मूल्यमा बिहीवार एकाएक उकालो लागि छापावालको सुनको मूल्य प्रतितोला रु. ५६ हजार ४५० रहन गयो। बिहीवारको तुलनामा शुक्रवार पुनः प्रतितोला दुई सयले उकालो लागि रु. ५६ हजार ६५० रहन गयो।
त्यस्तै, सुनको जस्तै चाँदीको मूल्य पनि साताभरि नै अस्थिर रहन गयो। आइतवार प्रतितोला रु. एक हजार २० रहेको चाँदीको मूल्य उतारचढाव हुँदै शुक्रवारसम्ममा आई पुग्दा रु. एक हजार ३० कायम रहन पुग्यो। साताभरि चाँदीको मूल्यमा भने तोलामा रु. पाँचको वरिपरि रहेर उचारचढाव आएको छ।