स्थ्य विज्ञानको विकासले कतिलाई अकालमा मर्नबाट जोगाएको छ। विकृत अंगलाई स्फूर्त राख्न मद्दत पुर्याएको छ। औसत आयु थपेको छ। साथै तत्कालीन र दीर्घकालीन रोगको निदानसमेत गरेको छ। हुन त हामीलाई धर्मग्रन्थले भनेझैँ यही शरीरले इच्छाअनुसारका काम, आयु र मृत्युवरण गर्न सक्ने भइदिएको भनेझँै लाग्न पनि सक्छ। ग्रन्थले त मानव शरीरमा तन्तु संस्कृति -टिस्यु कल्चर) र शिर प्रत्यारोपण पनि सहज भनेको छ तर त्यसका लागि विशेष गुण तथा शक्तिलाई अनिवार्य आवश्यकताका रूपमा पनि औँल्याएको छ।
मेडिकल क्षेत्रको विकासमा 'रिमोट सेन्सिङ'को भूमिका कतिमाझ गौण विषय रहेको हुन पनि सक्छ। हाम्रा शरीरभित्रका अवयवको जानकारी यन्त्रको सहायताले बाहिरबाट जान्नु पनि 'रिमोट सेन्सिङ' हो। एक्स-रे, अल्ट्रासाउन्ड, एमआरआई आदि 'रिमोट सेन्सिङ'का उदाहरण हुन्।
हिजोआज डाक्टरकोमा जानेबित्तिकै एक्स-रे, अल्ट्रासाउन्ड आदि गर्नका लागि भनिन्छन्। अनि मात्र त्यहाँ तपाईंको शरीरभित्रको फोटो हेरेर डाक्टरले रोग पहिचान तथा निदानका उपायहरू आविष्कारको समय एक्स-रेबारे अनभिज्ञ रहेको हुनाले यसको नाम एक्स-रे रहन गएको हो। पहिले यो जुत्तामा खुट्टाको नापो लिन पनि प्रयोग हुन्थ्यो। जीवन खतरामा हुँदा मात्र एक्स-रेबाट जानकारी लिन हुन्छ नत्र सितिमिति प्रयोग गर्नु यो नै हानिकारक छ भन्ने बुझेर जुत्ताको नापो लिने काम हटाइयो। हाल एक्स-रे फास्ट कम्प्युटरको सहायता लिएर शरीरको कुनै पनि क्षेत्रका अवयवलाई किताबको जस्तै हजारौँ पाना कल्पना गरी हरेक पत्रमा परेको एक्स-रे किरण कम्प्युटरको मेमोरीमा स्टोर गरी कम्युटरबाटै फोटो बनाइन्छ। यो प्रविधिमा एक्स-रे मेसिनलाई जुनसुकै दिशामा धुमाइ शरीरभित्रबाट विकीरण पठाइ शरीरको जुनसुकै भागको छुट्टै तस्बिर लिन सकिन्छ। यो प्रविधिलाई कम्प्युटर टमोग्राफी भनिन्छ।
कसरी गरिन्छ एक्स-रे ?
काँचको ठूलो ट्युबभित्रको हावा निकाली भित्रपट्ट िएकातिर टंग्सटनको तारमा करेन्ट पठाइ धातुको इलेक्ट्रोन बिछ्याएर यी इलेक्ट्रोनले ट्युबभित्रै अर्को छेउमा ताँवाको ढिक्कामा लपेटिराखेको टंग्सटनको पातामा हिर्काइ निक्लेको विकीरण नै एक्स-रे हो। ताँवाको ढिक्कामा लपेटिराखेको टंग्सटनमा बढी भोल्टको घनविद्युत् तार जोडी टंग्सटनबाट निक्लने ऋण विद्युत् इलेक्ट्रोनको प्रवाहमा बढी गति दिन सकिन्छ। फलस्वरूप बिजुलीको बल्बको फिलामेन्टबाट प्रकाश आएझैँ विकीरण आउँछ। एक्स-रे विकीरणयुक्त किरण हुनाले छिटो बढ्ने कोशिकामा यसको दुष्प्रभाव बढी हुन्छ। त्यसैले गर्भको शिशु र बालकलाई एक्स-रे सितिमिति प्रयोगमा ल्याउन हुँदैन। लगातारजस्तै गरिने टाउकाको ट्युमरको परीक्षणमा बालकलाई फाइदाभन्दा दीर्घकालीन बेफाइदा नै बढी हुन्छ।
खास त बढी भोल्ट -१०० किलो भोल्ट) र कम करेन्ट -१० मिलिएम्पिएर) दिई उत्पादित एक्स-रेमा हुने कम शक्तिका विकीरणलाई बिरामीको शरीरमा अनावश्यक ग्रहण गर्न नपरोस् भनी पहिले धेरै पातलो एल्युमिनिएमजस्तो धातुको पाताबाट पठाइ अनि मात्र शरीरमा पठाइन्छ। एक्स-रे शरीरका कडा भाग -हाड)को फोटो लिन उपयुक्त भए पनि बढी धनत्वका तत्त्वका यौगिक -वेरियम सल्फेटजस्तो) को फिका घोल बिरामीलाई निल्न दिएर नरम तन्तुबाट भएका आन्द्राका घाउ तथा पेटमा वस्तुको यथास्थितिको फोटो लिन पनि प्रयोग हुन्छ।
शरीरमा एक्स-रे सकेसम्म ठाउँ हेरी सकेन्डभर भन्दा बढी पठाउन नहुने र विकीरणको सानो बिम सानो कोष्ठबाट उत्पादन गरी बिरामीको शरीरभित्रबाट निकाली फोटोग्राफी प्लेटमा पठाइन्छ। उक्त प्लेटमा एक्स-रेको प्रकाश क्षीण भई कम असर हुँदा फोटो नराम्रो आउने हुनाले प्रकाश बढाउन प्लेटमा जानुअघि एक्स-रे परेपछि चमक आउन जिंक सल्फाइडले पोतेको वस्तुमा पारिन्छ।
सिटिस्क्यानमा भने सोडियम आयोडाइडजस्तो चमक दिने क्रिस्टलमार्फत फोटो 'डायोड' भई कम्प्युटरको मेमोरीमा ग्रहण गरी फोटो बनाइन्छ। एक्स-रे विकीरण शरीरमा क्यान्सरका कोशिकाको वृद्धि निभाउन पनि प्रयोग हुन्छ। साधारण कोशिकाहरूभन्दा यी बढी संवेदनशील हुन्छन्।
अल्ट्रासाउन्ड प्रविधि
अल्ट्रासाउन्ड भने सिलिकन र अक्सिजन परमाणुका यौगिकको सम्मिश्रण सिलिकेट -बालुवाको दाना)को टुक्राको दुई टुप्पामा पठाएको एसी करेन्टको घन विद्युत् र ऋण विद्युत् पालैपालो परिवर्तन हुँदा खुम्चिन र तन्किन गई निक्लेको बढी आवृत्तिको तरंग हो। यो तरंग शरीरमा पठाइ शरीरको भिन्नभिन्न भागका तन्तुबाट फर्किंदा तरंग प्रतिध्वनि फरक भई टीभी स्त्रिmनजस्तै यन्त्रमा फोटो बनाएर देख्न सकिन्छ।
अल्ट्रासाउन्ड तरंग एक्स-रे जस्तै विकीरणयुक्त नहुँदा बच्चादेखि ठूला सबैको शरीरभित्र पठाइ शरीरका अवयवको स्थिति जान्न सकिन्छ। अझ पेटभित्रको बच्चाको दुई कानबीच टाउकाको चौडाइ नापी शिशुको वृद्धि दर, छोरा वा छोरी, बच्चा उल्टो वा सुल्टो बसेको तथा जन्म दिन नजिकिँदो थाहा हुन्छ। रक्तसञ्चार थाहा पाउन र हड्डी दुखेकोमा थेरापीका लागि समेत अल्ट्रासाउन्ड प्रविधि प्रयोग गरिन्छ।
के हो एमआरआई ?
एमआरआई ज्यादै उत्कृष्ट प्रविधिबाट निर्मित संयन्त्र हो। यस प्रविधिमा ज्यादै शक्तिशाली प्राकृतिक चुम्बक वा फलामे पाताको चाङमा बेरिएको ताँवाको तारको मुठोमा करेन्ट पठाएर बनाएको इलेक्ट्रोमेग्नेट -विद्युतीय चुम्बक)बाट बनेको चुम्बकीय क्षेत्र पैदा गर्ने संयन्त्रमा बिरामीको शरीर राखेर, सँगै रेडियो तरंगसमेत उत्पादन गर्ने सानो संयन्त्रको मद्दतले शरीरको कोशिकामा रहेको हाइड्रोकार्बनको हाइड्रोजन परमाणुको नाभीलाई अधिकतम शक्तिको कम्पन गराइ तरंग प्रवाह -शरीरका तन्तुहरू भात, रोटीजस्तो खानेकुराबाट प्राप्त हाइड्रोकार्बनले बनेको हुन्छ) गरिन्छ। कम्पन रोकिँदाको समय तन्तु हेरी फरक हुने र सोको तरंगबाट कम्प्युटरको सहायताले ती अवयवका तस्बिर अनुहारमा परेको प्रकाश तरंगबाट जस्तै बनाउन सकिन्छ। यो ज्यादै सूक्ष्म प्रविधि हुँदा शरीरको भित्रिभागमा भएको सूक्ष्म दख्खलसमेत थाहा पाउन सकिन्छ। मेरुदन्डको भित्रिभाग, टाउकाको ट्युमर आदिका लागि यो ज्यादै उपयुक्त प्रविधि हो। मृगौला, कलेजो र पाचन प्रणालीभित्रको सूक्ष्म स्थिति जान्नसमेत यो प्रविधि उपयोगमा आउँछ।
यसमा एक्स-रे वा सिटिस्क्यानमा जस्तो रेडियोधर्मी विकीरण पनि नभएको र अल्ट्रासाउन्डमा जस्तो कठोर तन्तु -हड्डी)मा उति उपयोगी नहुने गुण पनि नरहँदा यो प्रविधि बढी उपयोगमा रहेको छ। यसमा शरीरको भित्रिभागमा बढी समय लिई तस्बिर केलाइकेलाई हेर्न सकिन्छ।
बृहत् चुम्बकीय क्षेत्र घटबढ गर्ने सिलसिलामा उत्पादन हुन सक्ने करेन्टका कारण शरीरमा हड्डी टुक्रँदा धातुको पाता राखेको दाँत धातुबाट भरेको, मुटुमा पेसमेकर राखेकालाई यो प्रविधि उपयुक्त छैन। घडी, औँठीजस्तो वस्तु लगाएको छ भने हटाउनुपर्छ। यो महँगो पनि छ।
'रिमोट सेन्सिङ'बाट बन्ने शरीरभित्रका सूक्ष्म तन्तुको तस्बिर कम्प्युटरको मेमोरीमा स्टोर गर्न सकिने एवम् रोग निदानमा समेत उपयोगिता बढ्दै गएकाले चिकित्सा क्षेत्रमा यसको महत्त्व बढ्दै गएको छ।-लेखक, बायो फिजिक्स प्राध्यापनमा संलग्न हुनुहुन्छ।)