अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 

जोहानेसबर्ग, असार २२ गते । दुवै खुट्टा गुमाएका दक्षिण अपि|mकाका ओस्कार पिस्टोरिअस आगामी लन्डन ओलम्पिकमा इतिहास बनाउने क्रममा छन्। उनले लन्डन ओलम्पिकमा चार सय मिटर रिले दौडमा प्रतिपर्धा गर्नेछन्। सो खेलपछि दुवै खुट्टा गुमाएर पनि ओलम्पिकमा दौडने पहिलो धावक बन्ने छन्।

२५ वषर्ीय यी धावक चार सय मिटरको प्रतिस्पर्धामा बेनिनमा आयोजित अपि|mकन च्याम्पियनसिपमा भाग लिनबाट ०.२२ सेकेन्डले असफल भएका थिए । उनले बेनिनमा ४५.३० सेकेन्डमा दौड पूरा गरेका थिए । गत मार्चमा भएका प्रतिस्पर्धामा पिस्टोरिअसले ४५.२० मिनेटमा उक्त दूरी तय गरेका थिए । यद्यपि विलेम डे बिर, ओफन्ट्से मोगावाने तथा साउन डे जागरको साथमा रिले दौडमा सफलता प्राप्त गरेपछि पिस्टोरिअसकोपीडा खुसीमा बदलियो।

दक्षिण अपि|mकी ओलम्पिक समितिका प्रमुख गिडोन सामले पिस्टोरिअसलाई यस उपलब्धिमा बधाइ दिएका छन्। पिस्टोरिअसलाई 'ब्लेड रनर' तथा 'खुट्टा नभएका सबैभन्दा छिटो दौडन सक्ने व्यक्ति' नामबाट चिनिन्छ । पिस्टोरिअसलाई सन् २०११ मा दक्षिण कोरियामा आयोजित विश्व च्याम्पियनसिपमा चार सय मिटरको रिले दौडको समूहमा संलग्न गरिएको थियो । यसो भए पनि उनले उक्त खेलमा भाग लिन पाएनन्। सो समय दक्षिण अपि|mका दोस्रो भएको थियो ।

पिस्टोरिअस कार्बन फाइबरको कृत्रिम ब्लेडका सहयोगमा दौडन्छन् र आईएएफले यस ब्लेडले पिस्टोरिअसलाई अनुपयुक्त फाइदा दिनेभएकाले उनलाई खेल्न अनुमति नदिने भएको थियो । तर खेलका लागि मेलमिलाप अदालतले आईएएफको निर्णयलाई उल्ट्याइदियो।

दक्षिण अपि|mकामा जन्मिएका पिस्टोरिअस जन्मदा खुट्टाको तल्लो भागमा हाड नभएको कारणले एक वर्ष भएपछि उनको घुँडा तलको भाग काट्नुपरेको थियो ।

उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि छनोट हुने प्रयास गरेका थिए । तर बेइजिङमा भने उनले खेल्न पाएनन्। यद्यपि सन् २०११ मा दक्षिण कोरियामा आयोजित विश्व च्याम्पियनसिपमा भाग लिएर उनले सो निराशा मेटाइसकेका छन् । सो प्रतियोगितामा उनी फाइनल चरणमा भने पुग्न सकेनन्।

पिस्टोरिअसले प्यारालिम्पिक खेलमा सय, दुई सय, चार सय मिटरको दौड तथा चार सय मिटरको रिले दौडमा भाग लिनेछन् । उनले पाराओलम्पिकमा पनि खेल्नेछन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home