अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
राड्वान्स्का विम्बल्डनको फाइनलमा
 

लन्डन, असार २१ गते। आग्नेस्का राड्वान्स्का बिहीवार जर्मनीकी एन्जेलिक कर्बरलाई ६-३, ६-४ ले हराएर विम्बल्डनको फाइनलमा पुगेकी छन्।

राड्वान्सका ७३ वर्षपछि ग्रान्डस्लामको फाइनलमा पुग्ने पोल्यान्डकी पहिलो खेलाडी हुन्। सन् १९३९ मा पोल्यान्डकी जाड्विगा जेडे्रजोस्काले प|mेन्च ओपनको फाइनल खेलेकी थिइन्। विम्बल्डन जुनियर च्याम्पियन बनिसकेकी २३ वषर्ीया राड्वान्स्काले शनिवार फाइनलमा चार पटक उपाधि जितिसकेकी सेरेना विलियम्स अथवा विश्व वरीयतमा दोस्रो स्थानमा रहेकी भिक्टोरिया अजारेन्कामध्ये एकविरुद्ध खेल्नेछिन्।

कर्बर पनि सन् १९९९ मा स्टेफी ग्राफपछि ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिला महिला खेलाडी बन्ने अभियानमा थिइन्।

यसैगरी, बेलायतका एन्डी मरेले बुधवार राति स्पेनका डेभिड फेरेरलाई ६-७ -५), ७-६ -६), ६-४, ७-६ -४) ले हराएर विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन्। मरेले फाइनल प्रवेशका लागि प|mान्सका जो विल्प|mेड सोङ्गासँग प्रतिस्पर्धा गर्नेछन्।

सन् १९३६ मा प|mाइड पेरीले उपाधि जितेपछि बेलायती खेलाडीले विम्बल्डन जित्न सकेको छैन। मरे सोही पखाइ तोड्ने दाउमा छन्। भोलि सेमिफाइनल जितेमा मरे सन् १९३८ मा बोन अस्टिनपछि उपाधि भीडन्त गर्ने पहिलो बेलायती खेलाडी बन्नेछन्। अर्को सेमिफाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिच र रोजर फेडेररबीच प्रतिस्पर्धा हुनेछ।

मरेले जितपछि भने- यस नतिजाले सन्तुष्ट बनाउन सकेको छैन, म योभन्दा पर पुग्न चाहन्छु, केही वर्षदेखि मेरो प्रदर्शन निखारिँदै आएको छ, त्यसैले अब ग्रान्डस्लाम जित्ने समय आएको जस्तो लाग्छ। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home