लिस्विन, असार २१ गते। भारतीय फूटबल टिमका कप्तान सुनील क्षेत्री बिहीवार पोर्चुगलको स्पोर्टिङ लिस्वनमा आबद्ध भएका छन्।
उनले दुई सत्र लिस्वनको बी टिमका लागि खेल्नेछन्। भारतीय फूटबलको स्तर प्रवर्द्धन गर्न पोर्चुगल र भारतीय फूटबल संघबीचको सम्झौताअनुसार क्षेत्री लिस्वन पुगेका हुन्। भारतमा फूटबलको विकास द्रुत गतिमा गर्नेअन्तर्गत त्यहाँका शीर्ष खेलाडीको स्तर विकास गर्ने अभिभारा हामीले लिएका छौँ, लिस्वनले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२७ वषर्ीय स्ट्राइकर क्षेत्री भारतका आदर्श फूटबलर हुन्, उनको आगामनले युरोपमा खेल्ने भारतका युवा खेलाडीका सपनालाई थप टेवा पुग्नेछ, लिस्वनले भनेको छ। यसैगरी, लिस्वनले क्षेत्रीलाई टिममा ल्याउनुका कारण व्यावसायिक रणनीतिको रूपमा पनि व्याख्या गरिएको छ।
सउदी अरब, अँगोल, चिन र अमेरिकाका टिमसँग पनि स्पोर्टिङ लिस्वनको साझेदारी छ। एएफपी