काठमाडौँ, असार १६ गते। नेपाल बास्केटबल सङ्घको आयोजना १२औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ।
प्रतियोगिताको अघिल्लो संस्करण सुदूरपश्चिमाञ्चलमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा समावेश थियो। त्योभन्दा अगाडिको प्रतियोगिताको गत विजेता गोल्डेनगेट -पुरुष) र तथा प्राइम -महिला) हुन्। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल तथा बसुन्धारास्थित मोर्गनको कोर्टमा हुनेछ।
प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलामा आठ टिमको सहभागिता रहने सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले बताएका छन्।