अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
इतिहास रच्ने दाउमा प्रशिक्षक बोस्क
 

डोनेस्क -युक्रेन), असार १५ गते। स्पेनले आइतबार युरोपेली च्याम्पियन्सीपको उपाधि रक्षा गरेमा प्रशिक्षक भिसेन्टे डेल बोस्कले इतिहास कायम गर्नेछन्।

इटालीलाई फाइनलमा हराउन सफल भए डेल बोस्क तीन सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता युरो, विश्वकप र च्याम्पियन्स लिग जित्ने एक मात्र प्रशिक्षक बन्नेछन्। ६१ वषर्ीय डेल बोस्कको प्रशिक्षकत्वमा रहेको स्पेन लगातार तीन प्रमुख प्रतियोगिताको उपाधि जितेर कीर्तिमान राख्ने अभियानमा पनि छ। चार वर्षअघि स्पेनले युरोकप जित्दा लुइस आरागोनेस प्रशिक्षक थिए।

विश्वकप र युरोकप जित्ने प्रशिक्षकमा अहिलेसम्म जर्मनीका हेल्मुट सोयनको नाम मात्र छ। उनले जर्मनीलाई सन् १९७२ मा युरोकप र सन् १९७४ मा विश्वकप दिलाएका थिए।

डेल बोस्कले भने स्पेनलाई विश्वकप जिताउनुका साथै रियल म्याडि्रलाई समान दुई पटक घरेलु लिग र च्याम्यिन्स लिग उपाधि दिलाएका छन्। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home