अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
अपि्रय खेलाडी बालोटेली
 

वार्सा -पोल्यान्ड), असार १५ गते। इटालीका मारियो बालोटेली त्यस्ता अभाग्यशाली खेलाडी हुन्, जसले मैदानमा राष्ट्रिय जर्सी लगाउँदा प्रायः आप\mनै टिमका समर्थकको गालीगलौजको सामना गरे। उनी इटालीको राष्ट्रिय टिमबाट खेल्ने पहिले अश्वेत खेलाडी हुन्। इटालीयालीले भित्री मनैदेखि उनलाई स्वीकारेको भने पाइँदैन। तर जर्मनीविरुद्ध दुई गोल गरेर आप\mनो टिमलाई युरोपेली च्याम्पियन्सीपको फाइनलमा पुर्‍याएपछि बालोटेली अहिले इटालीमा पि्रय बनेका छन्।

इटालीको पालेर्मोमा घानाली अप्रवासी दम्पतीबाट बालोटेलीको जन्म भएको हो। दुई वर्षको छँदा बे्रसियामा रहने इटालीयाली परिवारले उनलाई धर्मपुत्र बनायो। इटालीको कानुनअनुसार नागरिकता भने उनले दुई वर्षअघि आप\mनो १८औँ जन्मदिनमा मात्र प्राप्त गरेका थिए।

१५ वर्षको उमेरमा व्यावसायिक फुटबलमा पदार्पण गर्दादेखि बालोटेली लगातार रङ्भेदी र असमान व्यवहार खेपिरहेका छन्। सन् २००६, अपि्रल २ तारिख मलाई अझै याद छ, म १६ वर्ष पनि पुगेको थिइनँ, लुमेजानेबाट खेल्न खोज्दा उनीहरूले इटालीयाली फुटबल सङ्घ र मेरो संरक्षकको विशेष अनुमति चाहिने शर्त राखेँ, बालोटेलीले एक पुस्तकमा उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, मैले पहिलो व्यावसायिक खेलमा पनि यस्तै स्थितिको सामना गर्नुपर्‍यो, मैदानमा छिर्दा म निकै खुशी थिएँ, तर मेरो खुशी क्षणभरमै निराशामा बदलियो जब समर्थकहरूले मेरो छालालाई इङ्गित गर्दै नारा लगाए। राष्ट्रिय टिमसँग रहँदा पनि बालोटेलीले फरक स्थिति पाएनन्। इटाली र रोमानियाविरुद्धको खेल थियो। बालोटेलीको विरोधमा दर्शकदीर्घामा 'बहुपहिचानको राष्ट्रिय टिम चाहिँदैन' लेखिएको ब्यानर ठाउँठाउँमा राखिएका थिए। चालू युरोकपमा पनि क्रोसियाविरुद्धको खेलमा करिब पाँच सय विपक्षी समर्थकले बालोटेलीविरुद्ध रङ्गभेदी नारा लगाएका थिए।

यस्ता अक्षम्य व्यवहारको सामना पटकपटक गरेका बालेटोलीको खेलजीवन आप\mनै विरोधी स्वभावले पनि कैयौँ पटक समस्यामा परेको छ। उनलाई झगडिया पनि भनिन्छ। इटालीको इन्टर मिलानमा छँदा समर्थक, कोचिङ स्टाफ र साथी खेलाडीसँग उनले राम्रो सम्बन्ध बनाउन सकेनन्। उनी पटकपटक अनुशासनको कारबाहीमा परे। बार्सिलोनामा ट्रायलमा असफल भएपछि उनी इन्टर मिलान पुगेका थिए। अहिले म्यान्चेस्टर सिटीमा प्रशिक्षक रोवर्ट म्यान्सिनीको उचित हेरचाहमा भने बालोटोली विश्वकै सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एकका रूपमा उदाएका छन्।

बालेटेली आफूलाई सच्चा इटालियन ठान्छन्। त्यसैले उनले जर्मनीविरुद्ध दुई गोल गरेर इटालीलाई युरो २०१२ को सेमिफाइनल पुर्‍याएको दिनलाई आप\mनो जीवनकै सबभन्दा अविस्मरणीय दिन मानेका छन्। बालेटोली अब इटालीलाई युरोकपको उपाधि दिलाएर सबैको पि्रय बन्ने कोसिसमा छन्। एजेन्सी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home