अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
राष्ट्रसङ्घीय शान्ति कोषद्वारा सहयोग
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, असार १५ गते। नेपालको शान्ति प्रक्रियालाई सहयोग पुग्ने गरी संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण कोष -यूएनपीएफ) ले शुक्रबार ८० लाख अमेरिकी डलर निकासा गरेको छ। निकासा रकमको प्रबन्ध-व्यवस्थापन नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र दातृ निकायहरूको निगरानीमा नेपालका लागि स्थानीय संयुक्त राष्ट्रसङ्घीय शान्ति कोषले गर्ने जनाइएको छ।

यसरी निकासा भएको रकम शान्ति सुव्यवस्था सम्बन्धी आवश्यक कार्यमा सुधार ल्याउने, अदालतलाई सहयोग पुर्‍याउने, संवाद तथा नेतृत्वलाई प्रवर्द्धन गर्ने र महिला तथा द्वन्द्वपीडित बालबालिकाका आवश्यकताहरू सम्बोधन गर्ने कार्यहरूमा खर्च गरिने नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता संयोजनको आवसीय कार्यालयले जनाएको छ।

नेपालले हाल सामना गर्नुपरेको चुनौती र नयाँ संविधान जारी गर्नुपर्ने जेठ १४ गतेको म्याद हालै समाप्त भई संविधानसभा विघटन हुन पुगेको तथ्यतर्फ औँल्याउँदै राष्ट्र सङ्घीय मानवीय सहायता कोषका संयोजक रोबर्ट पाइपरले संविधान निर्माणका कठिन र संवेदनशील मुद्दाहरूमध्ये केही मुद्दा अझै कायम रहेको बताउनुभयो। उहाँले यो रकमलाई नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउन मद्दत पुर्‍याउने कार्यक्रमहरूतर्फ लक्षित गर्ने बताउनुभयो।

रकम निकासा भएको अवसरमा शान्ति निर्माण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव श्री जुडी चेङ्गा हपकिन्स्ले अल्पकालीन मुद्दाहरूमाथि तात्कालिक रूपमा केन्दि्रत हुनुका अतिरिक्त द्वन्द्वका अन्तर्निहित कारक तìवहरूलाई सम्बोधन गर्न नेपाललाई शान्ति निर्माणमा उल्लेखनीय मध्यकालीन लगानीको आवश्यकता रही रहने बताउनुभयो।

उहाँले राष्ट्र सङ्घको सहयोग नेपालमा शान्ति प्रक्रियाको समर्थनमा गति सिर्जना गर्ने परियोजनाहरूका लागि होस् भन्ने चाहेको पनि बताउनुभयो।

नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण कोषबाट सहयोग प्राप्त गर्न सक्ने घोषणा संयुक्त राष्ट्र सङ्घका महासचिवले सन् २००७ को डिसेम्बरमा नै गरेका थिए।

शुक्रबार निकासा भएको सहायता रकमसहित नेपालमा संयुक्त राष्ट्र सङ्घीय शान्ति निर्माण कोषबाट हालसम्म विनियोजित रकम झण्डै एक करोड ९० लाख अमेरिकी डलर पुगेको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home