काठमाडौँ, असार १२ गते। नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड-२०६८ को विभिन्न चारमा विधाको मनोनयन मङ्गलबार सार्वजनिक गरेको छ। नेपाली खेलकुदमा प्रतिष्ठित पुरस्कारको रूपमा रहेको स्पोर्टस अवार्ड असार २० गते हुँदैछ।
स्पोर्टस अवार्डमा दिइने आठ विधामध्ये उत्कृष्ट पुरुष, महिला युवा तथा प्रशिक्षक चार विधामा पाँच/पाँचजनाको मनोनयन पत्रकार सम्मेलनमा गरिएको छ। सर्वश्रेष्ठ पुरुष खेलाडीमा शैलेश राणा -पौडी), पारस खड्का -क्रिकेट), तिलकराम थारू -एथलेटिक्स), शिवराम श्रेष्ठ -गल्फ) र धु्रवप्रसाद अर्याल -घोडचढी) रहेका छन्।
सर्वश्रेष्ठ महिला खेलाडीको मनोनयमा तारादेवी पुनः -भारोत्तोलन), प्रमिला रिजाल -एथलेटिक्स), श्रेया धिताल -पौडी), नविता श्रेठ -टेबलटेनिस) र नङ्शलदेवी तामाङ -ब्याड्मिन्टन)को नाम छ। सर्वश्रेष्ठ पाँच युवा खेलाडीमध्ये दुईजना क्रिकेटर रुविना क्षेत्री र पृथु बाँस्कोटा तथा दुईजना एथलेटिक्सका सिद्धान्त अधिकारी र विश्वरुपा बुढा छन्। युवा खेलाडीको मनोनयनमा पौडीका शिरिष गुरुङ पनि छन्।
यसैगरी, पछिल्लोपटक मनोनयनमा परेका जगत् टमाटालगायत क्रिकेटकै अन्य दुई प्रशिक्षक पुबुदु दासनायके र नवीन सिंह सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयनमा परेका छन्। सर्वश्रेष्ठ प्रशिक्षक बन्ने होडमा जुडोका वीरबहादुर राना र पौडीका इश्वर कार्की पनि छन्।
नेपाली क्रिकेट टिमका कप्तान पारसले एपीएफलाई एकदिवसीय र छैटौँ राष्ट्रिय खेलकुदमा आप\mनो टिमलाई च्याम्पियन बनाउनुका साथै नेपाललाई पहिलोपटक एसीसी ट्वान्टी/ट्वान्टीको सेमिफाइनलमा पुर्याएका थिए। उनी विश्व ट्वान्टी/ट्वान्टीको छनोट चरणमा कमजोर मानिएको नेपालालाई सातौँ स्थानमा उकाल्न सफल भए।
गल्फर शिवरामले गतवर्ष एघारमध्ये सात प्रतियोगिता जिते। यसैगरी, शैलेश र तिलकराम राष्ट्रिय खेलकुदमा शान्दार प्रदर्शनले मनोनयनमा परे भने धुव्रप्रसादले पहिलो दक्षिण एसियाली बिच खेलकुदमा व्यक्तिगत एक स्वर्ण र एक काश्य पदक जितेका थिए।
यसैगरी, प्रमिलाले छैटौँ राष्ट्रिय खेलकुदमा चार स्वर्ण र एक रजत पदक तथा वन्त स्मृति र खुल्ला राष्ट्रिय प्रतियोगितामा पनि दुई/दुई स्वर्ण पदक जितिन्। श्रेयाले छैटौँ राष्ट्रिय खेलकुदमा आठ स्वर्ण र चार रजत हात पारिन्। तारादेवी छैटौँ राष्ट्रियमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेर स्ट्रङगेस्ट बुमन पनि घोषित भएकी थिइन्। गतवर्ष उनले प्रथम दक्षिण एसियाली भारोत्तोलन र प्रथम खुल्ला भारोत्तोलन गान्डपि्रमा पनि स्वर्ण जितिन्।
घरेलु टेबलटेनिसको इतिहामा नै पहिलोपटक आयोजित र्याङ्किङमा अपराजित रहँदै च्याम्पियन मात्र होइन छैटौँ राष्ट्रिय खेलकुदमा समेत अपराजित रही चारै इभेन्टमा स्वर्ण जितेपछि नविता पनि मनोनयनमा परेकी छन्। यसैगरी, नङ्शलदेवीले पनि छैटौँ राष्ट्रिय खेलकुदमा चार र व[mष्णमोहन स्मृतिमा दुई स्वर्ण पदक जितिन्।
वर्षको उत्कृष्ट युवा खेलाडीमा परेकी रुविना गतवर्ष नेपाल एसीसी यु—१९ महिला च्याम्पियन बन्दा कप्तान थिइन्। अर्का क्रिकेटर पृथुले आप\mनो कप्तानीमा नेपालालाई आइसीसी यु—१९ विश्वकपमा छनोट गराए। यसैगरी, सिद्धान्त, शिरिष र विश्वरुपा छैटौँ राष्ट्रिय खेलकुदमा शान्दार प्रदर्शनले मनोनयनमा परे।
यसैगरी, आइसीसी यु—१९ विश्वकप छनोटमा उपविजेता बनाएर नेपााललाई आइसीसी यु—१९ विश्वकपमा पुर्याएपछि टमाटा र नेपाली महिला टिमलाई एसीसी यु—१९ च्याम्पियन बनाएपछि नवीन सिंह सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयनमा परे। राष्ट्रिय टिमका प्रशिक्षक दासानायके पनि नेपाललाई पहिलोपटक एसीसी टि/ट्वान्टीको सेमिफाइनलमा पुर्याएपछि चयन भए। वीरबहादुर दक्षिण एसियाली जुडोमा दुई स्वर्ण चार रजत र चार काश्य जित्ने नेपाली टिमका प्रशिक्षक थिए। यसैगरी, मध्यमाञ्चलले छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सबै २७ स्वर्ण जितेपछि प्रशिक्षक कार्की पनि मनोनयनमा परे।